site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेनालाई ठेक्का र व्यापार दिनु गलत, महत्त्वाकांक्षा बढे संकट आउँछ : सांसद गुरुङ 
SkywellSkywell

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनालाई व्यापार र ठेक्कापट्टाको अधिकार दिइनु गलत भएको बताएका छन् । यसले राष्ट्रिय सुरक्षामा चुनौती थपिने उनले बताए । 

बुधबारको प्रतिनिधिसभा बैठकमा आगामी वर्षको बजेटअन्तर्गत मन्त्रालयगत छलफलमा बोल्दै उनले सेनामा महत्त्वाकांक्षा बढ्यो भने के हुन्छ भन्ने प्रश्न उठाए । “संवेदनशील संस्था नेपाली सेनालाई व्यापार, ठेक्कापट्टा गर्न दिन्छौँ । यो कुरा सुरक्षाको हिसाबले कति जायज हो ?,” उनले भने, “अहिले सेनाले राम्रो गरिरहेको छ । ख्याल गर्नुपर्छ सेनामा महत्त्वाकांक्षा बढ्यो भने संकट पैदा हुन्छ । विश्वका अरु देशमा पनि देखेका छौँ ।” 

KFC Island Ad
NIC Asia

उनले सेनाको अझै आधुनिकीकरण र पेसागत सक्षमता बढाउन ख्याल दिनुपर्ने बताए । सेनाको आन्तरिक जीवनमा लोकतन्त्र गणतन्त्र नआएको भन्दै उनले राष्ट्रिय सुुरक्षा भनेको नेपाली सेना मात्र हो भन्ने बुझाइ गतल भएको उनले बताए । 

बजेट एकदमै परम्परावादी भएको भन्दै उनले मन्त्रीले पोलिसी निर्माण र बजेट निर्माणमा कर्मचारीहरूमाथि हस्तक्षेप गर्न नसकेको उल्लेख गरे । साथै, ज्येष्ठ नागरिकलाई दुई, चार हजार भत्ता दिएर नहुने भन्दै उनीहरूको सुरक्षाका लागि ऐन सुधारको आवश्यकता गुरुङले औंलाए । सांसद गुरुङले कानुन मन्त्रालयको बजेटले संसदीय व्यवस्था सुधार गर्न पर्याप्त नहुने धारणा राखे । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro