site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनलाई सघाउने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता
फाइल तस्बिर ।

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीसँग नयाँ सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रपति जेलेन्स्कीसँग शनिबार भएको द्विपक्षीय बैठकमा उनले युक्रेनलाई नयाँ सहायता प्याकेजको घोषणा गर्दै त्यसलाई यथाशक्य चाँडो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । “हामी हार नमानी उल्लेखनीय रूपमा निरन्तर लडिरहेको युक्रेनको साथमा छौँ,” बाइडेनले युक्रेनी राष्ट्रपतिलाई भने ।

अमेरिकी राष्ट्रपतिले आफूले पारित गर्नुपर्ने विधेयक प्राप्त गर्नमा समस्या सामना गरिरहेको उल्लेख गरे । “सहायताको सन्दर्भमा के पारित हुन गइरहेको छ भन्ने थाहा नदिएकामा म क्षमाप्रार्थी छु । हाम्रा केही रूढीवादी सदस्यबाट पारित गर्नुपर्ने विधेयक प्राप्त गर्न गाह्रो भइरहको थियो,” उनले भने ।

बाइडेनले शुक्रबारको सहायतासम्बन्धी घोषणाका साथ युक्रेनलाई थप सहयोगबारे पनि घोषणा गरेका सीएनएनले जनाएको छ । “अप्रिलमा सम्झौता भएदेखि मैले महत्त्वपूर्ण सहायता कोषका ६ प्याकेज घोषणा गरेको छु । आज म विद्युतीय ग्रीडको पुनर्निर्माण गर्न मद्दत गर्न २२ करोड ५० लाख अमेरिकी डलरको अतिरिक्त प्याकेजमा पनि हस्ताक्षर गर्दै छु,” अमेरिकी राष्ट्रपति बाइडेनले भने ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले खुला र समावेशी संवादको आवश्यकतामाथि जोड दिए । उनले विश्व एकताबद्ध हुन र ‘पूर्ण सद्भाव’मा काम गर्न सक्षम हुनुपर्ने बताए । रासस/एएनआई

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro