site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वाग्मती प्रदेशमा एक वर्षमा विपद्‌बाट ६१ जनाको मृत्यु
फाइल तस्बिर

मकवानपुर । पछिल्लो एक वर्षको अवधिमा वाग्मती प्रदेशमा विपद्का विभिन्न घटनामा परी ६१ जनाको मृत्यु भएको छ । गत वर्षको जेठदेखि हालसम्म प्रदेशमा भएका ८३६ विपद्का घटनामा ६१ जनाको मृत्यु भएको हो ।

सो अवधिमा ६१ जनाको मृत्यु, १७७ जना घाइते हुनुका साथै तीनजना बेपत्ता भएका प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत रविता कार्कीले जानकारी दिइन् । उनले सोही अवधिमा भएका घटनामा करिब  ५१ करोड रुपैयाँका साथै १७८ पूर्वाधारको क्षति भएको बताइन् । 

विपद्‌मा परेर ६३१ पशुचौपाया मरेका मन्त्रालयले जनाएको छ । “प्रदेशमा ४९७ आगलागीका घटना, १२३ स्थानमा वन डढेलो, १९८ स्थानमा पहिरो गएका छन्,” अधिकृत कार्कीले भनिन्, “४२ जनावर आंतक, १६ भारी वर्षा भएको तथ्यांक छ । त्यस्तै बाढी १२, हुरी ११, अन्य गैरप्राकृतिक विपद् तीन, सर्पदंश तीन, हिमपहिरो तीन र एक पटक भूकम्प गएको तथ्या‌ंक मन्त्रालयसँग छ ।”

वाग्मती प्रदेश विपद्को दृष्टिकोणले बहुप्रकोपका रूपमा उच्च जोखिममा रहेको कार्कीले बताइन् । नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी पहिरोका घटना भएको उनले जानकारी दिइन् । 

१० वर्षको तथ्यांक हेर्दा सोही अवधिमा ११ हजार ८५२ जनाको मृत्यु भएको छ । उक्त समयावधिमा भूकम्पमा परेर आठ हजार ३७०, आगलागीमा ४६९, बाढीमा एक हजार १२८ र पहिरोमा एक हजार ८८५ जनाको मृत्यु भएको अधिकृत कार्कीले जानकारी दिइन् । 

विपद्‌मा परेर ११ लाख ९९ हजार ६१६ मानिस प्रभावित बनेका छन् भने पाँच लाख चार हजार निजी घर क्षतिग्रस्त भएका तथ्यांकमा उल्लेख रहेको छ । १० वर्षको अवधिमा विपद्‌मा परेर प्रदेशमा सात खर्ब रुपैयाँको क्षति भएको कार्कीले बताइन् । उनका अनुसार भूकम्प, आगलागी, बाढी र पहिरोका कारण सात खर्ब ६५ अर्ब ७९ करोड ८८ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro