site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीजी मोटर्सद्वारा नेपाली क्रिकेट टिमलाई शुभकामना र्‍यालीको आयोजना

काठमाडौं । सीजी मोटर्स (हिरो ब्राण्डको आधिकारीक डिस्ट्रीब्युटर)ले आईसीसी ट्वान्टी–२० विश्वकपमा भाग लिइरहेको नेपाली क्रिकेट टिमलाई शुभकामना र्‍यालीको आयोजना गरेको छ । नेपाल र नेपालीको सानलाई आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट मार्फत विश्वभरि चिनाउने नेपालका गौरव नेपाली क्रिकेट खेलाडीको हौसला बढाउनका लागि सीजी मोटर्सले र्‍यालीको आयोजना गरेको हो ।

यो ‘शुभकामना र्‍याली’ले खेलकुदमार्फत नेपाल र नेपालीको सानलाई विश्वभरी पुर्‍याउन नेपाली क्रिकेट खेलाडीलाई आईसीसी ट्वान्टी–२० विश्वकप खेल मैदानमा उच्च मनोबलका साथ खेल्ने हौसला प्रदान गराउने उद्देश्य रहेको छ । आईसीसी ट्वान्टी–२० विश्वकपलाई हौसला दिन शुभकामना र्‍याली काठमाडौं लगायत देशका अन्य स्थानहरूमा पनि सम्पन्न गरिएको छ । नेपालभर हिरो ब्रान्डका सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्क रहेका स्थानहरूमा पनि शुभकामना र्‍यालीको सम्पन्न भएको छ ।

शुभकामना र्‍याली मंगलबार सम्पन्न भएको हो । दिउँसो २ बजे सुरू भएको सो र्‍यालीमा ३० जनाभन्दा बढी राइडर सहभागी भएका थिए । र्‍यालीमा सहभागी सबै मोटरसाइकल तथा स्कुटरहरू हिरो ब्रान्डका रहेका थिए। सीजी मोटर्सको हिरो ब्रान्डकाे नक्सालमा रहेको सोरुमबाट सुरु भएकाे र्‍याली ज्ञानेश्वर, मैतीदेवी, कोटेश्वर हुँदै भक्तपुर दरबार स्क्वायरमा पुगेर समापन भएको थियो। खेलकुदमार्फत नेपाल र नेपालीको गौरव र सानलाई विश्वभरि चिनाउने खेलाडीको मेहनतलाई सबैले उच्च मूल्यांकन गर्दै उनीहरुको मेहनतको कदर गर्न सबैले आह्वान समेत गरेका थिए । 

मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो यसले आर्जन गरेको विश्वास र उत्कृष्टताका लागि सबैमाझ परिचित छ । सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केहि समयअघि मात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गरेको छ ।

साथै, नवलपरासीको सिजी इन्डिस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरिसकेको छ। हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भइरहेका छन् ।

नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्डमध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ । सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ । जहाँ एक्सपल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, तथा जुम बिक्री हुँदै आइरहेका छन् । साथै, सिजी मोटर्स निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको छ । यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ११:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro