site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गर्‍यो : सुवाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले स्थानीय तहलाई बजेट विनियोजन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

स्थानीय तहलाई बजेट विनियोजन गरेर विकास, निर्माणको काम गरिनुपर्नेमा उनले जोड दिए । उनले सरकारले त्यसानुसारको बजेट स्थानीय तहलाई विनियोजन नगरेको बताए । संघ र प्रदेशले स्थानीय तहको अधिकारलाई हस्तक्षेप गर्न नमिल्ने उनले उल्लेख गरे ।

“अब स्थानीय तहको स्वायत्तता र विकेन्द्रीकरण भन्ने छ । अहिले स्थानीय तहलाई सरकारले बजेट नै पठाएन । स्थानीय तहमार्फत देशको बजेट ५० प्रतिशत विनियोजन गरेर विकास निर्माण गर्नुपर्ने हुन्छ,” उनले भने, “त्यो सबै तहको लागि त्यही ढंगले हेरिनुपर्छ । संघ र प्रदेशले स्थानीय तहको अधिकारलाई हस्तक्षेप गर्न मिल्दैन ।”

सांसद सुवालले स्थानीय तहको स्वायत्तता र विकेन्द्रीकरण भन्ने संवैधानिक व्यवस्था भएकाले त्यसानुसार संघ र प्रदेश सरकारले व्यवहार गर्नुपर्ने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro