site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सडक विभाग र काठमाडौं महानगरबीचको विवाद लज्जास्पद : प्रतिमा गाैतम
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले सडक विभाग र काठमाडौं महानगरपालिकाबीचको विवादलाई लज्जास्पद भनेकी छन् । 

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सडकमा फुटपाथ निर्माणको विषयमा विवाद हुनु शोभनीय नभएको टिप्पणी गरिन् । राज्यका दुई अंगबीच सिर्जना भएका यस्ता विवादले संघीयतामाथि नै प्रश्न उठ्ने भन्दै सांसद गौतमले सम्बन्धित सबै निकायलाई गम्भीर बन्न आग्रह गरिन् । 

“अहिले काठमाडौं महानगरपालिका र सडक विभागबीच आरोपप्रत्यारोप चलिरहेको छ । फोहोर व्यवस्थापनको विषय, सडक र फुटपाथ निर्माणको विषयमा कसको क्षेत्राधिकार के ? पटक पटक विवाद हुनु लज्जास्पद विषय हो,” सांसद गौतमले भनिन्, “राज्यका दुई अंगबीचको विवाद सतहमा सामान्य लागे पनि यसले दिने सन्देश सामान्य छैन । स्थानीय सरकार र संघबीच हुने यस्तै विवादका कारण अहिले संघीय व्यवस्थामाथि नै प्रश्न उठिरहेको छ । यसतर्फ पनि गम्भीर हुन सरोकारवालाहरूको ध्यानाकर्षण गराउँछु ।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro