site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
यौन दुर्व्यवहारको आरोप लागेका भारतका पूर्वसांसद स्वदेश फर्किनासाथ पक्राउ
Dabur Nepal
NIC Asia

नयाँ दिल्ली । भारतको प्रहरीले महिलाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद प्रज्ज्वल रेभन्नालाई पक्राउ गरेको छ । सो आरोप लागेपछि उनले गएको अप्रिल २७ मा देश छाडेका थिए । उनलाई शुक्रबार भारतको दक्षिणी सहर बेंगालुरुमा आउनासाथ प्रहरीले पक्राउ गरेको हो ।

रेभन्नाले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । ३३ वर्षीय रेभन्ना जनता दल सेकुलर पार्टीका नेता हुन् । उनको पार्टी प्रधानमन्त्री नरेन्द्र मोदी आबद्ध भारतीय जनता पार्टीसँगको गठबन्धनमा रहेको छ ।

प्रहरीले अहिलेसम्म उनीमाथि तीन वटा मुद्दा दायर गरेको छ । उनी भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाका नाति हुन् । देवेगौडाले केही दिनअघि सार्वजनिक रूपमा नाति प्रज्ज्वललाई स्वदेश फर्केर कानुनलाई सघाउन आग्रह गरेका थिए । बीबीसी
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro