site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठाकुरमोहन श्रेष्ठदेखि शक्ति बस्नेतसम्म कसले गरेको थियो आक्रमण ? अनुसन्धान नै गर्दैन प्रहरी
SkywellSkywell

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा चलेको कार्यसम्पादन समितिको बैठकमै फागुन २७ गते झडपको अवस्था सृजना भयो । बैठक चलिरहेकै अवस्थामा बाहिर निस्केका कार्य सम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कार्यालयभित्रै हातपात भएको थियो ।

युवाहरुको समूहले श्रेष्ठमाथि आक्रमण गरेका थिए ।

श्रेष्ठमाथि आक्रमण भएको भिडियो/फोटो सञ्चारमाध्यममा भाइरल नै भए । तर, घटनाको करिब तीन महिना पुग्दासमेत श्रेष्ठमाथि आक्रमण गर्ने कुनै पनि समूहलाई प्रहरीले कानुनी दायरामा ल्याउन भने सकेको छैन ।

KFC Island Ad
NIC Asia

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले त्यहीबेला भनेका थिए, “कार्यालयभित्र पार्टीको पदाधिकारीमाथि आक्रमण हुनु आपराधिक घटना हो । आक्रमण गर्ने समूहलाई कानुनी दायरामा ल्याउँछौ ।”

उसो त, पार्टी बैठकबाटै घटनाको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिने निर्णय समेत गरेको थियो । तर, सोधपुछका नाममा प्रहरी वृत्त महाराजगञ्जको टोलीले कालिकोटका निराजन बमबाहेक अन्यलाई सोधपुछको दायरामा समेत ल्याउन सकेन ।

महाराजगञ्ज प्रहरीका अनुसार, सुरुमा प्रहरीमा उजुरी दिए पनि पछि पार्टीको आन्तरिक कुरा भएको भन्दै राप्रपा नेताहरुले आफैँ छलफल गरेर मिलाउने बताएपछि प्रहरीले समेत चासो नदिएको हो । श्रेष्ठ सशस्त्र प्रहरीका अवकाशप्राप्त अतिरिक्त प्रहरी महानिरीक्षक हुन् ।

राजनीतिक दलका नेतामाथि पार्टीभित्रका विरोधी खेमाका युवाहरुले आक्रमण गर्ने हुँदा प्रहरीको अनुसन्धान नै प्रवावहीन बन्दै गएको हो । राप्रपा नेता श्रेष्ठबाहेक अन्य पार्टीका नेतामाथिसमेत विभिन्न समयमा आक्रमण भएको छ ।

तर, अधिकांश घटनामा प्रहरीले अनुसन्धान थाले पनि कानुनी कारबाहीको दायरासम्म ल्याउन भने सकेको छैन । राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि भएको पछिल्लो घटना मात्रै हो । यसरी नै एमाले नेता गोकर्ण विष्ट, एमालेकै नेतृ निरुपाल तथा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतमाथिसमेत आक्रमण भएको थियो ।

तर, उनीहरुमाथि आक्रमण गर्ने कोही पनि कानुनी दायरामा ल्याउन प्रहरी सफल हुन भने सकेन ।  तत्कालीन प्रतिनिधिसभा सांसद निरुदेवी पालमाथि २०७५ साउन १७ मा शान्तिनगरस्थित घरबाट बिहान दूध किन्न जाने क्रममा अज्ञात समूहले पेस्तोल तोकेर फोनसमेत लुटेको भन्दै प्रहरीमा निवेदन दिएकी थिइन् ।

तर, उक्त घटनामा संलग्न कोही पनि कानुनी दायरामा ल्याउन प्रहरीले सकेन ।घटनाको अनुुसन्धान गर्न त्यो बेला काठमाडौं प्रहरीका एसपी हाल (डीआईजी) रामदत्त जोशीको नेतृत्वमा छानबिन समितिसमेत बनेको थियो । 

तर, समितिले न प्रतिवेदन सार्वजनिक ग¥यो न घटनामा संलग्नको पहिचान नै । यसअघि २०६८ चैत २८ मा एमाले नेता गोकर्ण विष्टमाथि घरको कम्पाउण्डभित्र प्रवेश गरेर अज्ञात समूहले खुकुरी प्रहार गरेका थिए । 

बिहानी मर्निङवाकबाट घर फर्किदै गर्दा उनीमाथि खुकुरी प्रहार भएको थियो । मुखमा मास्क लगाएका समूहले आफ्नो ज्यान लिने उद्देश्यले आक्रमण गरेको भन्दै विष्ट आफैँले त्यो बेला घटना डायरी लेखेर सार्वजनिक गरेका थिए ।

खुकुरी प्रहारपछि घाइते भएका विष्टलाई उपचारका लागि परिवारले मनमोहन अस्पताल पुर्‍याएका थिए । तर, उनीमाथि खुकुरी प्रहार गर्ने कुनै पनि आरोपी कानुनी दायरामा आएनन् । मन्त्री नियुक्तिमा चित्त नबुझेपछि पार्टीकै कार्यकर्ताले उनीमाथि आक्रमण गरेको आशंका प्रहरीले गरेको थियो । तर, कोही पक्राउ नपर्दा कुनै तथ्य खुल्न सकेन ।

त्यही प्रकृतिको अर्को गम्भीर घटनाका २०६५ मा फागुन १ गते पनि घटेको थियो । माओवादी शान्तिप्रकृया आएपछि पहिलो पटक प्रधानमन्त्री बनेका थिए, पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनका प्रमुख स्वकीय सचिव थिए, हालका ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत ।

प्रधानमन्त्री निवास बालुवाटारबाट कोटेश्वरको दीपनगर फर्केका बस्नेतमाथि घर पुग्दै गर्दा गोली प्रहार भयो । पाँच राउण्ड गोली प्रहार गरिएका बस्नेत भाग्यबस जोगिएका थिए । एउटा गोली उनको दाहिने घुँडामुनि लागेको थियो ।

गोली लागेका बस्नेतको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार भएको थियो ।  उक्त घटनामा समेत संलग्न कोही कानुनी दायरमा आएनन् । कालो ज्याकेट लगाएका अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेर बालकुमारीतर्फ भागेका थिए । उक्त घटनामा प्रहरीले कबिर ५० जना भन्दा बढी व्यक्तिसँग सोधपुछ गरे पनि आरोपी भने कोही पक्राउ परेनन् ।

त्यो बेला माओवादीकै पूर्वलडाकूले उनीमाथि गोली हानेको आशंका प्रहरीले गरेको थियो ।  यस घटनामा केही पक्राउ परे पनि उनीहरू दाेषी नदेखिएपछि रिहा भएका थिए ।

किन अनुसन्धान गर्दैन प्रहरी

नेतामाथि हुने आक्रमणको घटनामा प्रहरी अनुसन्धानमा चुक्दै आएको छ ।  प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले भने अधिकांश नेतामाथि हुने आक्रमणको घटनामा पार्टी र नेतानिकट व्यक्तिहरुकै संलग्नता देखिने गरेको बताउँछन् ।

उनी भन्छन्, “प्रहरीले अनुसन्धान नगरेको भन्न मिल्दैन । तर, सुरुमा अनुसन्धानका लागि प्रहरीमा आए पनि बिस्तारै पार्टीभित्रकै व्यक्तिको संलग्नता खुला खुलेपछि मेलमिलापको माध्यमबाट समस्या समाधान गर्ने बाटोमा जाँदा प्रहरीले अनुसन्धान गर्न छाड्ने गरेको हो ।”

पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्लले समेत पार्टीका नेतामाथि आफ्नै कार्यकर्ताले आक्रमण गर्ने हुँदा नेताहरुले नै आन्तरिक रुपमै ‘सेटल’ गर्ने गरेको बताए ।

“अधिकांश घटनामा पार्टीभित्रकै असन्तुष्टका कारण नेतामाथि आक्रमण हुने हो । पछि कारबाही र मुद्दा चलाउँदा पार्टीभित्र अझ समस्या देखिने भएपछि नेताहरुले घटनालाई सामान्यीकरण गर्छन्,” डीआईजी मल्लले भने ।

जसकारण प्रहरीको अनुसन्धान नै प्रभावित हुने गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro