site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बलात्कार उजुरीपछि निर्माण व्यवसायी विदुर शर्मा फरार
Dabur Nepal
NIC Asia

काठमाडौं । दोलखाका निर्माण व्यवसायी विदुर शर्मा वैशाखयता फरार छन् । उनीमाथि प्रहरी वृत्त दरबारमार्गमा जबरजस्ती करणीको उजुरी परेपछि उनी फरार भएका हुन् । उनीमाथि वैशाख १९ मा ठमेलस्थित एक होटलमा १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको उजुरी परेको हो ।

शर्मामाथि फरार रहेको र उनको खोजीकार्य जारी रहेको दरबारमार्गका डीएसपी गोविन्द थापाले जानकारी दिए । “उनीमाथि बलात्कारको उजुरी परेपछि फरार छन् । हामी खोजीराखेका छौँ,” डीएसपी थापाले भने ।

स्थायी घर दोलखाका भएका शर्मा पछिल्लो सयम भने भक्तपुर ठिमी नगरपालिका– ३, गट्ठाघर बस्दै आएका छन् ।यसअघि उनीमाथि प्रहरीले मिटर ब्याज कसुरमा समेत अनुसन्धान गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro