site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
शरणार्थी क्याम्पमा इजरायलको आक्रमण, ३५ जनाको मृत्यु भएको दाबी
फाइल तस्बिर ।
SkywellSkywell

गाजा । इजरायलले आक्रमण गर्दा रफाह क्षेत्रको शरणार्थी क्याम्पमा रहेका कम्तीमा ३५ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमा अधिकांश महिला र बालबालिका रहेका उक्त मन्त्रालयले जनाएको सीएनएनले उल्लेख गरेको छ ।

यद्यपि, युद्धस्थलमा पहुँचको अभावका कारण वास्तविकताबारे स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको समेत सीएनएनले जनाएको छ । इजरायलले उक्त क्षेत्रमा आइतबार आक्रमण गरेको थियो ।

Dabur Nepal
NIC Asia

इजरायल डिफेन्स फोर्सेजका तर्फबाट उक्त स्थानमा एयर स्ट्राइक गरिएको भए पनि घटनाको पुनरवलोकन भइरहेको हमासले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

सबेरै हमासले आठ रकेट तेल अभिभतर्फ प्रहार गरेको थियो । उक्त आक्रमण गएको जनवरीयताको पहिलो लामो दूरीको हमला भएको जनाइएको छ ।

उता, इजरायलले आइतबार आफूले गरेको आक्रमणमा हमासका दुई सिनियर अधिकारी मारिएको जनाएको छ । उनीहरु जुदिया र समारिया तथा खालेद नगरका कमान्डर रहेका रहेको जनाइएको छ । मारिने एकजनाको नाम यासिन रबिया भएको सीएनएनले उल्लेख गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu