site stats
बाह्रखरी :: Baahrakhari
देश
कीर्तिमानी आरोही कामीरिता काठमाडौं फर्किए 

काठमाडौं । ३०औँपटक सगरमाथाको सफल आरोहण गरी रेकर्ड बनाएका कीर्तिमानी आरोही कामीरिता शेर्पालाई काठमाडौंमा स्वागत गरिएको छ । 

शुक्रबार काठमाडौं फर्किएका कामीरिता शेर्पालाई त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिलनमा भव्य स्वागत गरिएको हो । उनलाई बौद्ध संस्कृतिअनुसार स्वागत गरिएको थियो । सो क्रममा शेर्पाले आगामी वर्ष पनि सगरमाथा आरोहणलाई निरन्तरता दिने बताए । 

शेर्पाले सबैभन्दा धेरैपटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३०औँपटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाएका हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्