site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासले पाँच इजरायली महिला सैनिकलाई बन्धक बनाएको भिडियो सार्वजनिक 
SkywellSkywell

काठमाडौं । हमासले गएको अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि बन्धक बनाइएका पाँच महिला सैनिकमाथि गरिएको  ज्यादतीसम्बन्धी भिडियो बुधबार सार्वजनिक गरिएको छ ।

होस्टेज एण्ड मिसिङ फेमिलिज फोरमले सार्वजनिक गरेको सो भिडियोमा ती महिला सैनिकलाई बलात्कारको धम्की दिँदै गाजा तर्फ लगिएको देखाइएको छ । गाजा स्ट्रिप बाहिर नाहल ओज बेसमा रहेका ती महिलाको हातमा हतकडी लगाइएको छ भने उनीहरूलाई भित्तातर्फ ठेलिएको देखिन्छ। उनीहरूले त्यतिबेला पाइजामा मात्रै लगाएको देखिन्छ ।

Dabur Nepal
NIC Asia

बन्दुक लिएको एक व्यक्तिले त्यतिबेला ती महिला सैनिकलाई उनीहरु सुन्दर भएको र गर्भवती हुन सक्ने बताइरहेका छन् । यसरी हमासद्वारा बन्धक बनाइएका ती महिला सैनिकमा लिरी अल्बाग, करिना एरिभ, अगम बर्गर, डानिएला गिल्बोआ र नामा लेभी रहेको जनाइएको छ । 

बर्गरका पिता स्होल्मीले न्युयोर्क पोस्टसँगको कुराकानीमा १९ वर्षकी आफ्नी छोरीलाई दर्जनौं सशस्त्र मानिसले घेरेर त्यसरी धम्की दिएको देख्दा भएको महसुस कल्पना पनि गर्न नसकेको जनाएका छन् ।

सो भिडियो तीन मिनेटको रहेको छ । ती महिला सैनिक हमासको नियन्त्रणमा रहेका करिब १०० बन्धकहरू मध्येको हो, जो गएको सात महिनाभन्दा बढी समयदेखि हमासको नियन्त्रणमा रहेका मानिएको छ । एजेन्सी
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu