site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
विमानमा उड्दा किन हुन्छ ‘टर्बुलेन्स’, कसरी जोगिने ?
SkywellSkywell

लन्डन । बेलायतको लन्डनबाट सिंगापुर आउन लागेको सिंगापुर एयरलाइन्सको एउटा विमान फ्लाइट टर्बुलेन्स (हवाई तुफान)मा पर्दा एक ७३ वर्षिय बृद्धको मृत्यु भएको छ । घाइतेको संख्या ३० बाट बढेर ७१ पुगेको जनाइएको छ । उक्त विमानमा २११ यात्रु र १८ जना चालक दलका सदस्य थिए । अकस्मात त्यस्तो घटना भएकाले मंगलबार उक्त विमानलाई बैंककमा अवतरण गराइएको थियो ।
 
हवाई यात्रामा जो सुकै कुनै पनि बेला हुनसक्ने भएकाले टर्बुलेन्स कसरी हुन्छ, चालकदललाई पूर्व जानकारी हुन्छ कि हुँदैन र जोगिन के गर्नुपर्छ भनेर बीबीसीले एउटा सामग्री प्रकाशित गरेको छ । 

के हो टर्बुलेन्स ?
नियमित उडान गर्नेहरूलाई थाहा हुनुपर्छ टर्बुलेन्सका कारण विमानमा कसरी झड्का महसुस हुन्छ । यस्तो अवस्थामा विमान चलिरहेको हुन्छ र अकस्मात उचाइ बदलिन्छ । ‘धेरैजसो टर्बुलेन्स बादलमा हुनेगर्छ जहाँ हावा तलमाथि गरिरहेको हुन्छ’ र्‍यापिड एक्सन फोर्स (आरएएफ)का पूर्वअधिकारी तथा बीबीसी वेदरका प्रतिनिधि सिमोन किङले भने । धेरैजसो ती सामान्य हुने तर ठूलो बादलजस्तो कुमुलोनिम्बस थन्डरस्टर्म भएको र हावाको मुभमेन्ट ‘अराजक’ भएको समयमा मध्यम वा गम्भीर खालको टर्बुलेन्स उत्पन्न हुनसक्ने उनको भनाइ छ ।

KFC Island Ad
NIC Asia

अर्को खालको टर्बुलेन्स ‘क्लियर एयर’ टर्बुलेन्स हो । यो बादलविहीन अवस्थामा हुन्छ । त्यसलाई देख्न सकिँदैन । त्यसैले यसको पहिचान गर्न कठिन हुन्छ । यो तीव्र गतिमा हावा लाग्दा हुन्छ, जुन ४० हजारदेखि ६० हजार फिट माथि पाइने, एभिएसन एकेडेमिक तथा कमर्सियल पाइलट गे ग्राटनको भनाइ छ । उनले जेट स्ट्रिम र बाहिरको हावामा १०० एमपीएच गतिमा फरक हुन्छ । जेट इन्जिन र स्थानीयस्तरमा पाइने स्लो वा फास्ट हावाबीच घर्षण हुँदा नै टर्बुलेन्स उत्पन्न हुने उनको भनाइ छ । त्यो सँधै हुने उनले बताएका छन् । चलिरहेको हुने भएकाले छल्न कठिन हुने उनको भनाइ छ । यदि, तपाईं युरोपबाट उत्तर अमेरिकाको उडानमा हुनुहुन्छ भने यसलाई छल्न लगभग असम्भव हुन्छ यसले गर्दा कतिपय समयमा गम्भीर टर्बुलेन्स हुने उनको भनाइ छ ।
 
टर्बुलेन्स कति खतरा ?
क्र्यानफिल्ड युनिभर्सिटीका एभिएसन एण्ड इन्भायरमेन्ट सम्बन्धी सहप्राध्यापक गे ग्राटनका अनुसार विमानहरू खराब टर्बुलेन्सलाई समेत ध्यान दिएर डिजाइन गरिएका हुन्छन् । टर्बुलेन्सले विमानलाई ध्वस्त पार्ने कुरा असम्भव जस्तै हो । तर यसले विमानलाई राम्रो पनि गर्दैन । यसैले चालकले यसलाई छल्न खोज्छन् वा गति घटाउँछन् । सिटबेल्ट लगाउन ‘साइन अन’ गर्छन् ।

विज्ञहरूका अनुसार बलियो टर्बुलेन्स विमानको संरचनागत क्षतिको कारण पनि हुन्छ । किनकी त्यो हावा कति बलियो छ । गम्भीर खालको टर्बुलेन्स हवाई यात्रुका लागि खतरनाक हुनसक्छ । यसका कारण हिंस्रक अवस्था आउनसक्छ । क्याबिनमा सिटबेल्ट नलगाएका जोकोहीलाई पनि यसले फ्याल्न सक्छ । उड्डयन सुरक्षा सम्बन्धी विज्ञका अनुसार टर्बुलेन्सबाट मृत्यु र घाइते हुने भन्ने कुरा यदाकदा मात्रै हुन्छ । उड्डयन सम्बन्धी अर्का विज्ञ जोहन स्ट्रिकल्यान्ड गम्भीर खालका टर्बुलेन्स अहिलेसम्म अपरेट गरिएका १० औँ लाख उडानमा अपेक्षाकृत रूपमा कम नै भएको बताउँछन् । अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डको रेकर्डअनुसार सन् २००९ र २०२२ को बीचमा अमेरिकी एयरलाइन्समा १६३ वटा गम्भीर टर्बुलेन्सबाट चोटपटक लागेको पाइएको छ ।

चालकले कसरी टर्बुलेन्सलाई ह्यान्डल गर्न सक्छन् ?
चालकले उडान सुरु गर्नुभन्दा अघि विशिष्ट खालको उड्डयन पूर्वानुमान रिपोर्ट पाएका हुन्छन्, जसमा मौसम विज्ञान सम्बन्धी तथ्यांक हुन्छ । त्यो सूचना उनीहरूले रुट प्लान गर्नुअघि नै पढ्न पाउँछन् । यसको अर्थ उनीहरूले पृथक खालको आँधीबेहरी छल्न सक्छन् । तर, ‘क्लियर एयर’ टर्बुलेन्स छल्न भने केही मुस्किल हुने बताइने गरेको छ ।

 अगाडि सोही रुटमा उडिरहेका विमानहरूले पनि टर्बुलेन्सको रिपोर्ट गर्नसक्ने ग्राटन बताउँछन् । चालकले ती क्षेत्र छल्न खोज्छन् वा गति कम गरेर त्यसको प्रभाव कम गर्न थोरै डाउन गर्न सक्छन् । यस्तै चालक दललाई पनि टर्बुलेन्सको सम्बोधन कसरी गर्ने भनेर तालिम दिइएको हुन्छ ।

यात्रु कसरी सुरक्षित हुने ?
यात्रुका लागि सल्लाह भनेको सिटबेल्ट लगाएर बस्ने र ठूलो सामान बाहिर ननिकाल्ने हो । चालकले यात्रुलाई सबै समयमा सिटबेल्ट बाँधेर बस्न भनेका हुन्छन् । किनकी टर्बुलेन्सको भविश्यवाणी गर्न सकिँदैन जुनसुकै बेला हुनसक्छ ।

टर्बुलेन्स बढी नियमित हुन थालेका हुन् ?
केही अनुसन्धानकर्ताहरूका अनुसार जलवायु परिवर्तनका कारण टर्बुलेन्स बढी भइरहेका छन् । गतवर्ष बेलायतको रिडिङ विश्वविद्यालयका वैज्ञानिकले १९७९ देखि २०२० सम्म खासगरी व्यस्त नर्थ एटलान्टिक रुटमा ५५ प्रतिशतसम्म गम्भीर खालका टर्बुलेन्स बृद्धि भएको पाइएको जनाएका थिए । ग्राटन भने धेरै उडान गरेर पनि धेरै टर्बुलेन्ससँग जम्काभेट भइरहेको बताउँछन् । यसको अर्थ आकाश थप व्यस्त भएको छ । र, चालकलाई टर्बुलेन्स छल्ने निर्णय गर्न कठिन भइरहेको छ । साथै चालकलाई अन्य विमानसँग सुरक्षित न्यूनतम दूरी कायम राख्न पनि कठिन भएको विज्ञहरूको भनाइ छ । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro