site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीलाई विश्वासको मत माग्नै सकस, संसद्‌मा जे देखियो... (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार चौथोपटक विश्वासको मत प्राप्त गरेका छन् । उनले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका हुन् । उनका पक्षमा १५७, विपक्षमा शून्य र एक सांसद तटस्थ रहे । प्रतिपक्ष दलका कोही पनि सांसद विश्वासको मतको प्रक्रियामा सहभागी भएनन् ।

त्यसअघि, मर्यादापालकले सुरक्षा दिई प्रधानमन्त्रीलाई विश्वासको मत माग्न रोस्ट्रममा पुर्‍याएका थिए । सोमबार प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेको आग्रहमा मर्यादापालकले उनलाई रोस्ट्रममा पुर्‍याएका हुन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका सांसदले सोमबारको प्रतिनिधिसभा बैठक सञ्चालनमा पनि अवरोध गरेका थिए । सभामुखको आसनअगाडि वेलमा ओर्लिएर उनीहरूले नाराबाजी गरेका थिए । उनीहरूको अवरोधका कारण प्रधानमन्त्री प्रचण्ड मर्यादापालकको सहयोगमा रोस्ट्रममा पुगेका हुन् । मर्यादापालकले कांग्रेस सांसदलाई छेकेका थिए ।

KFC Island Ad
NIC Asia

विपक्षी सांसदको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत मागे र पाए । उनीहरूले नाराबाजी गरिरहे ।

सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठनको माग गरिरहेको छ । संसदीय समिति बनाएर मात्र विश्वासको मत लिन कांग्रेसले प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । तर, समिति नबनाई विश्वासको मत मागिएको भन्दै बैठक सञ्चालनमा अवरोध गरिएको हो ।

Royal Enfield Island Ad

विश्वासको प्रस्तावमाथिको छलफलमा नेकपा (एमाले)का सांसद विष्णु पौडेललाई मात्र सहभागी गराइएको थियो । त्यसपछि सभामुख घिमिरेले सिधै प्रधानमन्त्रीलाई जवाफका निम्ति समय उपलब्ध गराएका थिए । प्रधानमन्त्री प्रचण्डले वेलमा नाराबाजी गरिरहेका कांग्रेस सांसदलाई चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए । प्रधानमन्त्रीले जवाफ दिएलगत्तै मत विभाजनको प्रक्रिया अगाडि बढाइएको थियो ।

थप तस्बिर हेर्नोस्–

p14-1716190886.jpg

p3-1716190886.jpg

p12-1716190885.jpg

p13-1716190885.jpg

p10-1716190884.jpg

p11-1716190884.jpg

p6-1716190882.jpg

p7-1716190882.jpg

p8-1716190883.jpg

p9-1716190883.jpg

p20-1716190925.jpg

p21-1716190925.jpg

p5-1716190924.jpg

p4-1716190924.jpg

p18-1716190923.jpg

p19-1716190923.jpg

p2-1716190921.jpg

p16-1716190922.jpg

p17-1716190922.jpg

p29-1716190952.jpg

p26-1716190952.jpg

p27-1716190952.jpg

p28-1716190952.jpg

p24-1716190951.jpg

p25-1716190951.jpg

p22-1716190950.jpg

p23-1716190950.jpg

b20-1716186973.jpg

b14-1716186971.jpg

b16-1716186972.jpg

b12-1716186970.jpg

b8-1716186941.jpg

b4-1716186939.jpg

b1-1716186888.jpg

b6-1716186938.jpg

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro