राजनीति
काठमाडौं । सभामुख देवराज घिमिरेले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोनमा कुराकानी गरेका छन् । त्यसक्रममा प्रधानमन्त्रीले नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले संसद् बैठक केही समय ढिलो सुरु गर्न आग्रह गरेको सभामुखको सचिवालयले जानकारी गराएको छ ।
प्रधानमन्त्री प्रचण्डलेले आजैको संसद् बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोल्ने गरी वातावरण बनाइरहेको सभामुख घिमिरेलाई बताएका थिए । बिहान ११ बजे बस्ने तय गरिएको संसद् बैठक अझै सुरु भएको छैन ।
यस्तै, सभामुख घिमिरेले बानेश्वरमा कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१ ११:३१
प्रतिक्रिया दिनुहोस्