राजनीति
काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद गरेका छन् । घिमिरले सोमबार अपराह्न टेलिफोन गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
सभामुखले संसद् अवरोध अन्त्य गर्न र भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सौहार्दपूर्ण वातावारण बनाउन आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले यस विषयमा सत्तापक्ष एउटा निष्कर्षमा पुग्ने जवाफ दिएका छन् ।
सभामुखले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रवि लामिछानेसँग पनि टेलिफोन संवाद गरेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१ १८:३२
प्रतिक्रिया दिनुहोस्