site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मौसम पूर्वानुमानको कामलाई प्रभावकारी बनाउँछौँ : मन्त्री बस्नेत
फाइल तस्बिर ।

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानका विषयलाई प्रभावकारी बनाउने गरी योजना तय गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । 

जल तथा मौसम विज्ञान विभागले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कम्तीमा २४ घण्टाभित्रको मौसम पूर्वानुमान प्रभावकारी हुनेगरी योजना तय गर्न सम्बन्धित विभागलाई आग्रह गरेका छन् । 

Dabur Nepal
NIC Asia

मन्त्री बस्नेतले त्यसका लागि मन्त्रालयले सम्बन्धित विभागलाई आवश्यक सहयोग गर्ने पनि बताए । मन्त्री बस्नेतले सो कामलाई प्रभावकारी बनाउन विश्वविद्यालय लगायतका सम्बन्धित पक्षसँगको सहकार्यमा जोड दिन पनि आग्रह गरे । 

उनले भने, "मौसमबारे २४ घण्टाको बारेमा ढुक्क साथ बोल्न सक्ने के गर्दा हुन्छौँ ? भन्ने कुराको एउटा लक्ष्य निर्धारण गरौँ । त्यसको निम्ति हामीले के गर्नुपर्ला, हामीले पूरा गर्नुपर्ने त्यसका निम्ति सर्तहरू के होला ? त्यही किसिमको योजना विभागको तर्फबाट हुन सक्यो भने भरपर्दो हुन्छ ।" 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro