site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पशुपति क्षेत्र विकास कोष राजनीति गर्ने थलो होइन : पर्यटनमन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताएका छन् । शुक्रवार पशुपति क्षेत्र विकास कोषको ३८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री तामाङले कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रूपमा हेर्न नहुने बताए । 

विगतमा पशुपति विकास कोष गैरराजनीतिक आध्यात्मिक थलो भएको भन्दै उनले पछिल्लो समय कोष राजनीति गर्ने थलोको रूपमा प्रयोग भए पनि अब त्यस्तो हुन नदिने प्रतिवद्धता जनाए । 

Dabur Nepal
NIC Asia

“नेपालको विकास समृद्धि राजनीतिक नेतृत्व गैरराजनीतिक ठाउँमा आएर राजनीतिक गर्नाले हुन सकेन । पशुपति क्षेत्र गैरराजनीतिक आध्यात्मिक पवित्र थलो हो । धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्ने हो । तर, पशुपति क्षेत्र विकास कोषमा राजनीतिक बढी गर्न थाल्यौँ भने हाम्रो देश नबिग्रे अरु कुन देश र मानिसरू बिग्रछन् । त्यसबाट बच्नुपर्छ भन्ने कुरामा आफू सचेत छु,” उनले भने ।

गैरराजनीतिक ठाउँमा आएर राजनीति गर्नाले नेपालको विकास हुन नसकेको उनको भनाइ छ । पशुपति क्षेत्र विकास कोष गैरराजनीतिक आध्यात्मिक पवित्र थलो भएकाले आफूले धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्ने उनको प्रतिबद्धता छ । मन्त्री तामाङले पशुपति क्षेत्रलाई व्यवस्थित प्रवद्र्धन गर्नसके धार्मिक पर्यटकहरूको आकर्षणको केन्द्र बन्ने बताए । 

उनले करोडौं जनसंख्या भएको हिन्दुधर्मप्रति आस्था राख्ने भारतका हिन्दु धर्मावलम्बीहरूलाई सहज रुपमा भित्र्याउन पशुपति क्षेत्रमा धार्मिक पर्यटकका लागि रमणीय भौतिक र आध्यात्मिक परिवेश बनाउन आवश्यक रहेको बताए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro