site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ : मिश्र 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले निर्वाचन प्रणाली सुधार गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले आयोजना गरेको कार्यक्रममा उनले अहिलेको निर्वाचन प्रणालीले वर्षैपिच्छे सरकार परिवर्तन हुने जिकिर गरे ।

“अहिलेको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ,” उनले भने, “नेपाली समाज नैतिक र ज्ञानको संकटमा छ । युवालाई भ्रम छर्ने काम बन्द गरौँ । यस्तो भ्रम राजनीतिबाट भएको छ ।”

उनले भूराजनीति व्यवसायीले पनि बुझ्नुपर्नेमा जोड दिए । भूराजनीतिका कारण जुनसुकै बेला संकट आउन सक्ने उनको भनाइ थियो ।

सबै राजनीतिक दलले राज्यलाई संरक्षण गर्ने गरी सम्झौता गर्नुपर्नेमा उनले जोड दिए । उनले कर्मचारीतन्त्रमा भएका दलीय संगठन खारेज गर्नुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro