site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकाले भन्यो– इजरायली सेनाका पाँच युनिट मानवअधिकार उल्लंघनमा संलग्न
Dabur Nepal
NIC Asia

वाशिङटन । अमेरिकी विदेश मन्त्रालयले इजरायली सेनाका पाँचवटा युनिटबाट मानवअधिकार उल्लंघन भएको जनाएको छ । यद्यपि, उनीहरूले अमेरिकी सहयोग भने पाइरहने समाचारमा उल्लेख छ । व्यक्तिगत घटनाका क्रममा त्यस्ता उल्लंघन भएको जनाइएको छ ।

अहिलेको युद्ध सुरु हुनुभन्दा पहिला नै गाजाबाहिर त्यसप्रकारका मानवअधिकार उल्लंघनका घटना भएको अमेरिकाले जनाएको छ । अमेरिकी सरकारले चारवटा युनिटमा इजरायलले सच्याउने प्रक्रिया सुरु गरिसकेको जनाएको छ । उसले थप एक युनिटका बारेमा पनि सूचना दिएको छ । तर, सबै युनिट अमेरिकी सहयोग पाउन भने योग्य रहेको जनाइएको छ । 

अमेरिका इजरायलको सैनिक सहयोग गर्ने मुख्य राष्ट्र हो । उसले हरेक वर्ष इजरायललाई ३ दशमलब ८ बिलियन डलरको हतियार र प्रतिरक्षा प्रणाली प्रदान गर्दै आएको छ । अमेरिकाका तर्फबाट इजरायली सेनाको कुनै युनिटका बारेमा यस्तो टिप्पणी गरिएको यो पहिलो पटक हो । बीबीसी 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro