site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिधाकुरा टिमलाई बयानका निम्ति वैशाख २० गते बोलाइयो, यस्तो छ आदेश

काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित सामग्री न्यायालयप्रति भ्रम र अनास्था फैलाउने उद्देश्यबाट सार्वजनिक गरिएको ठहर गरेको छ ।

सिधाकुराले ‘द डार्क फाइल’ शीर्षक दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन’ रोक्न सर्वोच्चका वरिष्ठतम न्यायाधीशसहित मिडिया मालिक र वरिष्ठ अधिवक्ताहरूले ‘सेटिङ’ गरेर फैसला गरेको भन्दै शृंखला प्रस्तुत गरेको थियो ।

Dabur Nepal
NIC Asia

फैसलामा संलग्न नभएका न्यायाधीश र बहस नगरेका वरिष्ठ अधिवक्तासहित अरू व्यक्तिबाट अदालत प्रभावित भएको भन्ने सामग्री न्यायालयको गरिमामा आँच पुर्‍याउने र न्यायसम्पादनसम्बन्धी कार्यमा अवरोध खडा गर्ने दुराशय र नियोजित तरिकाले उत्पादन र प्रसारण गरिएको सर्वोच्चको ठहर छ ।

न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यस्तो कारण दिँदै प्रसारित सो सामग्री २४ घण्टाभित्र हटाउन आदेश जारी गरेको छ । थप सामग्री प्रसारण नगर्न पनि सिधाकुरा टिमका नाममा आदेश जारी गरेको छ ।

सर्वोच्चले अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो, प्रसारित सामग्रीको आधिकारिकतासहित बयानका निम्ति यही वैशाख २० गते उपस्थित हुन विपक्षीका नाममा आदेश जारी गरेको छ ।

सिधाकुराले फैसलामा संलग्न नै नभएका वर्तमान वरिष्ठतम न्यायाधीश डा. आनन्दमोहन भट्टराईको नाम मुछेपछि सर्वोच्चले आफैँ सरोकारमा लिएर (सुमोटो) अदालतको अवहेलनासम्बन्धी कारबाही चलाएको थियो । सर्वोच्चका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले आइतबार दायर गरेको निवेदनमा सोमबार सर्वोच्चको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।

आदेश पढ्नोस्–

a1-1714395443.jpga2-1714395455.jpga3-1714395469.jpga4-1714395483.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro