राजनीति

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो परिणामानुसार नेम्वाङले १३ हजार ६९ मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका डम्बर खड्काले आठ हजार ३८६ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका पहिचान पक्षधर स्वतन्त्र उमेदवार (मुढा चुनाव चिह्न) डकेन्द्रसिंह थेगिमले आठ हजार ९८ मतसहित खड्कालाई पछ्याइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का मिलन लिम्बू भने धेरै पछाडि परेका छन् । हालसम्म उनले एक हजार ७१३ मत पाएका छन् । मतगणना जारी छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१ १३:५७
प्रतिक्रिया दिनुहोस्