site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थेगिमको आत्मविश्वास बढाउँदै चुलाचुली, १ र ३ नम्बर वडाले दियो बलियो साथ
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

इलाम । इलाम उपनिर्वाचन पहिचान पक्षधरको पनि परीक्षा हो । यो कुरा डकेन्द्रसिंह थेगिमलाई भोट माग्दै हिँडेका युवाले बाह्रखरीसँग भनेका थिए । वास्तवमै परीक्षा अहिले १९ जना नै उमेदवारको छ । तर, कोसी नामाकरणपश्चात् पूर्वमा उर्लिएको पहिचानको मुद्दालाई राजनीतिक टेस्ट चुनावले गर्दैछ । किनभने थेगिम पहिचान पक्षधरबाट मुडा चुनाव चिह्नमा स्वतन्त्र उमेदवार हुन् ।

थेगिमलाई जारी मतगणनाको नतिजाअनुसार फाकफोकथुम गाउँपालिकाले साथ दिएन । उनले यहाँको सात वडाबाट मात्र ९६३ मत प्राप्त गरे । उनले स्वयम् आफ्नै वडा फाकफोकथुम ३ बाट ११७ मत पाए । तर, चुलाचुली गाउँपालिकाको गणनामा थेगिमलाई मत राम्रो आएको छ ।

वडा नम्बर १ मा सर्वाधिक मत उनको पक्षमा परेको छ भने वडा नम्बर ३ ले पनि राम्रो साथ दिएको छ । वडा नम्बर १ मा खसेको दुई हजार ३६७ मतमध्ये एक हजार ३१ मत उनलाई गएको छ । वडा नम्बर २ मा एक हजार ९४८ मत खसेकोमा थेगिमले ३०१ मत पाएका छन् । यता वडा नम्बर ३ मा भने दुई हजार ९३ मत खसेकोमा थेगिममले ८९३ मत पाएका छन् ।

हालसम्म थेगिमले कुल मत तीन हजार १८८ पाएका छन् । उनी तेस्रो स्थानमा छन् । उनले कांग्रेसभन्दा एक हजार ५९२ र एमालेभन्दा तीन हजार ११५ कम मत ल्याएका छन् ।

ilam-1714340935.png
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro