site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
घटेको छैन वायु प्रदूषण, काठमाडौंदेखि पोखरासम्मको क्षेत्र बढी प्रदूषित

काठमाडौं । चैतयता उच्च बनेको वायु प्रदूषणको अवस्था आइतबार पनि उस्तै छ । वातावरण विभागको सूचकांकमा काठमाडौंदेखि पोखरासम्मका क्षेत्रमा प्रदूषण उच्च रहेको देखिएको छ  ।

विभागको सूचकांकमा पोखरा सबैभन्दा बढी प्रदूषित देखिएको छ, त्यहाँ आइतबार मध्याह्न १२ बजे एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १८६ पुगेको छ । यस्तै भरतपुरमा १५५ एक्यूआई र काठमाडौंमा १३० एक्यूआई पुगेको छ ।

वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार आइतबार मध्याह्न १२ बजे काठमाडौं विश्वका १२२ सहरमध्ये सबैभन्दा बढी प्रदूषित सहरमा सूचीकृत छ । आईक्यु एयरका अनुुसार काठमाडौंमा सो साय एक्यूआई १५९ छ ।

यो समयको एक्यूआई बाराको गढीमाईमा १८९, भरतपुरको १५६, पोखरामा १९३, पुगेको छ । चितवन राष्ट्रिय निकुञ्ज तथा पोखराको पहाडी तथा गढीमाइ क्षेत्रमा समेत डढेलो लागिरहेको आईक्यू एयरको सूचकांकमा देखिएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro