site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मलामी गएका व्यक्ति भेरी नदीमा बेपत्ता, खोजीमा गोताखोर परिचालन
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पश्चिम रुकुमको चौरजहारी नगरपालिका–३ रानीघाटमा मलामी गएका व्यक्ति भेरी नदीमा बेपत्ता भएका छन् । उनको खोजी कार्यका लागि आजदेखि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ ।

बुधबार चौरजहारी नगरपालिका–९ कोटजहारीका ६१ वर्षीय नारायण खड्का मलामी गएका बेला नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । बिहीबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ६ जनाको गोताखोर टोली उनको खोजीका लाथि घटनास्थलमा पुगेको थियो ।

तर, दिउँसो ३ बजेदेखि खोजीकार्य गर्दा उनको शव नभेटिएपछि टोली आश्रित गुल्म जाजरकोटमा फर्किएको । अब शुक्रबार बिहानैदेखि उनको खोजीकार्यमा परिचालित हुनेछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro