site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालमा लगानी बढाउन रुसका उद्योगीलाई परिसंघको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएका रुसी व्यावसायिक संस्थाहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।

बुधबार परिसंघ र रुसका उद्योग वाणिज्य संघहरूबीच भएको व्यावसायिक छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानी बढाउन आग्रह गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

लगानीका लागि नेपाल उर्बर भूमि रहेको र बजारका हिसाबले समेत विश्वका दुई ठूला मुलुक छिमेकी रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने बताए ।

व्यावसायिक भ्रमणको नेतृत्व गरिरहेका रुस उद्योग वाणिज्य महासंघका अध्यक्ष सर्गेई कातरिनले देशको विकासका लागि निजी क्षेत्र सक्रिय हुन आवश्यक रहेको बताए ।

Global Ime bank

नेपालमा लगानीका लागि रुसका उद्योगी व्यवसायी तयार रहेको भन्दै उनले नेपालमा परिसंघसँग सहकार्य गर्दै केही न केही महत्त्वपूर्ण काम गर्ने बताए । दुई देशका व्यवसायीहरूलाई प्रोत्साहन गर्न सँगै काम गर्न तयार रहेको उनले बताए ।

यसैबीच, परिसंघ र रुसका तीन व्यावसायिक संस्थाबीच दुई पक्षीय हितका विषयमा काम गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । रुस उद्योग वाणिज्य महासंघ, सेन्ट पिटर्सबर्ग उद्योग वाणिज्य संघ र लिपेस्टिक उद्योग वाणिज्य संघसँग परिसंघको समझदारी भएको हो ।

समझदारी पत्रमा परिसंघका अध्यक्ष अग्रवाल, रुस उद्योग वाणिज्य महासंघका अध्यक्ष कातरिन, सेन्ट पिटर्सबर्ग उद्योग वाणिज्य संघका अध्यक्ष भ्लादिभिर कान्तेनेभ, लिपेस्टिक उद्योग वाणिज्य संघका अध्यक्ष आन्तेली गोस्ताभले हस्ताक्षर गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय