कला
काठमाडौं । चलचित्र ‘बलिदान’मा अभिनेता दिव्यदेव अनुबन्धित भएका छन् । चलचित्रका प्रमुख भूमिकाहरूमध्ये एकमा दिव्यदेवको अभिनय रहनेछ ।
निर्देशक सन्तोष सेनका अनुसार ‘बलिदान’को एक प्रमुख पात्रका लागि उनी अनुबन्ध भएका हुन् ।
‘बलिदान’को प्रमुख भूमिकाबाट विराज भट्टका छोरा समीर भट्टले डेब्यु गर्दैछन् । यस चलचित्रमा यसअघि अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा अनुबन्ध भइसकेका छन् । अभिनेत्री ऋचा शर्मा पनि अनुबन्ध भइसकेकी छन् ।
यसैवर्ष रिलिज हुने ‘बलिदान’को हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । ‘बलिदान’को करिब ६० प्रतिशत छायांकन स्टुडियोमा नै हुनेछ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१ १७:११
प्रतिक्रिया दिनुहोस्