site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजरायलका सैन्य गुप्तचर प्रमुखद्वारा राजीनामा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

तेल अभिभ । इजरायलको मिलिटरी इन्टेलिजेन्स (सैन्य गुप्तचर) प्रमुखले पदबाट राजीनामा दिएका छन् । गएको अक्टोबर ७ मा हमासद्वारा अप्रत्यासित रूपमा गरिएको आक्रमणको सूचना प्राप्त गर्न नसकेका कारण सो असफलताको जिम्मेवारी लिएर सोमबार पदबाट राजीनामा दिएका हुन् ।

इजरायलको इतिहासमै सबैभन्दा भयानक आक्रमणको रूपमा लिइएको सो आक्रमण रोक्न नसकेको जिम्मेवारी लिँदै उच्च सैन्य अधिकारी मेजर जनरल आहरोन हलिभाले राजीनामा दिएका हुन् । हमासले सो दिन झण्डै एक घण्टा कुनै चुनौतीबिना नै एक हजार २०० मानिसको हत्या गरेको थियो । त्यसमा अधिकांश सर्वसाधारण नागरिक थिए । हमासले करिब २५० जनालाई बन्धक पनि बनाएको थियो । 

सेनाले हलिभाको राजीनामा स्वीकृत गर्दै ३८ वर्षको सेवाका लागि धन्यवाद दिएको छ । उनको राजीनामा पहिला नै अपेक्षित भए पनि अहिलेको समय किन राजीनामाको लागि रोजियो भन्ने कुरा भने खुलेको छैन । एपी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement