site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
माल्दिभ्समा भारतविरोधी पार्टीलाई दुईतिहाइ मत

माले । दक्षिण एसियाली मुलुक माल्दिभ्समा राष्ट्रपति मोहम्मद मुइजुको पार्टीले संसदीय निर्वाचनमा फेरि अत्यधिक बहुमत हासिल गरेको छ । उनको दललाई चीन समर्थित र भारतविरोधी पार्टीका रूपमा चिनिन्छ ।

प्रान्तीयस्तरको परिणामानुसार उनको पार्टी पिपुल्स नेसनल कंग्रेस (पीएनसी)ले कुल ९३ सिटको हाउसमा ६६ स्थान जितेको छ । यो विजयले मुइजुले लिएको चीनसँग निकटको सम्बन्धलाई जनताले अनुमोदन गरेको रूपमा हेरिएको छ ।

Dabur Nepal
NIC Asia

उनी लामो समयदेखि आफ्नो देशमा भइरहेको भारतको प्रभावलाई निस्तेज गर्न चीनसँग नजिक रहँदै आएका छन् । दुईतिहाइ मत प्राप्त भएकाले उनको पार्टीले आफूले चाहेअनुसार संविधान समेत संशोधन गर्न सक्नेछ ।

मुख्य विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टीले जम्मा १५ सिट मात्र जितेको छ । आइतबारको मतदानअघि संसद्मा सो पार्टीका बहुमत थियो ।

“यो मुइजुको उल्लेखनीय उपलब्धि हो,” माल्दिभ्सका एक विश्लेषक तथा वेस्टर्न अस्ट्रेलिया युनिभर्सिटीका लेक्चरर अजीम जाहिरले भने ।

मुइजु शक्तिमा आएपछि उनले भारतीय सेनाका टुकडीलाई समेत माल्दिभ्सबाट फिर्ता पठाउने प्रतिबद्धता गरेका थिए । भारतीय सैनिकका दुई ब्याच यसअघि नै फिर्ता गरिएका छन् । उनीहरूका ठाउँमा सिभिलियन प्राविधिक स्टाफ ल्याइएको छ ।

भारतीय सेनालाई खासमा दुई हेलिकोप्टर ‘अपरेट’ गर्ने क्रममा केही वर्षअघि भित्र्याइएको थियो । गएको जनवरीमा बेइजिङ गएर उनले चीनसँग केही सम्झौतामा हस्ताक्षर समेत गरेका थिए । मार्चमा चीनसँग माल्दिभ्सको सैनिक सहायतासम्बन्धी सम्झौता पनि भएको थियो ।

आइतबारको चुनावमा करिब ७३ प्रतिशत मतदान भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro