site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमपहिरोपछि बूढीगण्डकी किनारका वासिन्दालाई सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बूढीगण्डकी नदी किनारका बासिन्दा र सरोकारवालालाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

“हिमपहिरो खसेपश्चात् तालको जोखिम अवस्थाका बारेमा सरोकारवाला निकायको सहयोगमा अध्ययन भइरहेको छ,” प्राधिकरणले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “नदीमा पानीको बहाव बढेकोले बूढीगण्डकी नदी किनारका बासिन्दा एवम् सरोकारवालाहरूलाई सुरक्षा सतर्कता अपनाउन प्राधिकरण हार्दिक अनुरोध गर्दछ ।”

प्राधिकरणका अनुसार, आइतबार बिहान ८ः३० बजेतिर गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँस्थित वीरेन्द्र तालमा मनास्लु हिमालबाट हिमपहिरो खसेको थियो । हिमपहिरोले तालको पानी विस्थापन भई बूढीगण्डकी नदीको माथिल्लो तटीय क्षेत्रमा बहाव बढेको प्राधिकरणले जनाएको छ ।

तालमा हिमपहिरो खसेर पानी विस्थापन भएको खबर प्राप्त हुनासाथ प्रहरीको एक टोली त्यसतर्फ गएको थियो । जिल्ला प्रशासन कार्यालय गोरखाले दिएको जानकारीअनुसार, बाढीले उक्त स्थानमा रहेको अस्थायी काठको पुल बगाउँदा सामागाउँबाट साम्दो जाने गोरेटो बाटो अवरुद्ध भएको छ । हाल वैकल्पिक बाटोमार्फत आवतजावत भइरहेको छ ।

“हालसम्म कुनै मानवीय तथा चौपाया क्षति भएको विवरण प्राप्त भएको छैन,” प्राधिकरणले भनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro