site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रले गर्‍यो कतारका अमिरको नेपाल भ्रमणको औपचारिक घोषणा
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी । फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्र मन्त्रालयले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको औपचारिक घोषणा गरेको छ । परराष्ट्रले आइतबार विज्ञप्ति जारी गर्दै कतारका अमिरले यही वैशाख ११ र १२ गते नेपालको भ्रमण गर्ने औपचारिक घोषणा गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउन लागेको परराष्ट्रले जनाएको छ ।

कतारका अमिरले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन् ।

कतारका अमिर थानीले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

कतारका अमिर थानी वैशाख १२ गते नै काठमाडौंबाट फर्कने भ्रमण तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro