site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली भन्छन्– अमेरिकाको दोहोरो र उत्तेजनात्मक भूमिकाले तनाव बढायो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरू विश्वका कुनै पनि भू–भागमा भइरहेका युद्ध र बाह्य हस्तक्षेपका विरुद्ध रहेको बताएका छन् । एमाले लोकतन्त्र र शान्तिको पक्षमा रहेको उनले स्पष्ट पारेका छन् ।

ललितपुरको गोदावरीमा शनिबारदेखि सुरु पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले भारत र पाकिस्तानबीचको तनावका कारण दक्षिण एसियामा क्षेत्रीय सहकार्यका प्रयास अवरुद्ध भएको उल्लेख गरेका छन् । “...सार्क निष्प्रभावी र निष्क्रिय अवस्थामा पुगेको छ,” उनले लेखेका छन्, “बिम्स्टेक कामकाजी बन्न सकेको छैन ।”

बदलिँदो विश्व परिवेश, भूराजनीति र हाम्रो विदेश नीति शीर्षकमा उनले विगतमा आफैँले स्वीकारेको एक चीन नीतिको मान्यताविपरीत ताइवानका विषयमा अमेरिकाको दोहोरो र उत्तेजनात्मक भूमिकाले त्यस क्षेत्रमा तनाव बढाइरहेको जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“एसिया प्रशान्त क्षेत्रमा तनाव बढाउने, सैन्य शक्ति केन्द्रीकृत गर्ने र ध्रुवीकरण गर्ने कुनै पनि कदम विश्व शान्ति र क्षेत्रीय स्थायित्वका लागि हानिकारक हुन्,” उनले भनेका छन्, “त्यस्ता क्रियाकलापहरू तत्काल बन्द गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ ।”

प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका विपीन जोशीसहित सबैजनालाई रिहा गर्न उनले माग गरेका छन् । “...हामी त्यस क्षेत्रमा तत्काल युद्धविराम गर्न, नेपाली युवा विपीन जोशीसहित सबै बन्धकहरू रिहा गर्न, मानवीय सहायताको आपूर्तिलाई निर्बाध सञ्चालन गर्न र हत्याहिंसाको अमानवीय शृंखला तत्काल अन्त्य गर्न माग गर्दछौँ,” ओलीले लेखेका छन् ।

Global Ime bank

हमासको आक्रमणमा परी झन्डै १२ सय इजरायली नागरिक मारिएका र सयौँजना बन्धक बनाइएका उनले जनाएका छन् । गाजा क्षेत्रमा इजरायलले नृशंस आक्रमण गरिरहेको उनले उल्लेख गरेका छन् ।

“...इजरायलको नृशंस आक्रमणमा परी गाजा क्षेत्रमा १४ हजारभन्दा बढी बालबालिका र १० हजार हाराहारीमा महिलासहित ३२ हजारभन्दा बढी प्यालेस्टाइनी नागरिकहरू मारिएका छन्,” उनले लेखेका छन्, “आठ हजारभन्दा बढी मानिस भग्नावशेषभित्र पुरिएको अनुमान छ ।”

प्यालेस्टाइनी जनताको स्वतन्त्र र सार्वभौम राज्यको मागप्रति एमालेको निरन्तर समर्थन रहँदै आएको उनले स्पष्ट पारेका छन् । “नेकपा (एमाले) जुनसुकै स्वरूप, आवरण र नाममा गरिने आतंकवादी क्रियाकलापको दृढ विरोध गर्दछ । प्यालेस्टाइनी जनताको स्वतन्त्र र सार्वभौम राज्यको मागप्रति हाम्रो निरन्तर समर्थन रहँदै आएको छ,” ओलीको प्रतिवेदनमा उल्लेख छ ।

उनले म्यानमारमा तत्काल लोकतन्त्रको पुनःस्थापना हुनुपर्ने पक्षमा एमाले रहेको बताएका छन् । “...जननिर्वाचित संसद्लाई भंग गर्ने, जननिर्वाचित प्रतिनिधिहरूलाई बन्दी बनाउने र शान्तिपूर्ण विरोध प्रदर्शनमाथि हिंसात्मक दमन गर्ने काम कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन,” उनले भनेका छन् ।

प्रतिवेदनको पूर्णपाठ पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement