site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वैदेशिक रोजगारका लागि अंग्रेजी भाषा अनिवार्य गर्ने निर्णय खारेज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने अर्धदक्ष र दक्ष श्रमिकहरूका लागि अंग्रेजी भाषा अनिवार्य गर्ने गरी भएको निर्णय खारेज गरेको छ ।

मन्त्रीस्तरीय निर्णयबाट आज वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि, २०८० खारेज गर्ने तथा माग प्रमाणीकरणसम्बन्धी कार्य वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ को व्यवस्था बमोजिम नै गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारलाई पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन गर्ने सम्बन्धमा गएको वर्ष असोज ७ मा स्वीकृत भएको अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ को पछिल्लो (दोस्रो) संशोधन, २०८० पनि खारेज गरेको छ ।

मन्त्रालयले त्यसअघि भएको व्यवस्था बमोजिम पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । साथै, अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ लाई व्यवहारिक र समय सापेक्ष बनाई पाठ्यक्रम तथा तालिम सञ्चालनको मोडालिटी तय गर्न र सो पश्चात शुल्क लगायतका विषयमा सुझाव दिन मन्त्रालयका सिप विकास तथा तालिम शाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरी कार्य जिम्मेवारी प्रदान गर्ने निर्णय मन्त्रालयले गरेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  २१:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro