site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली आक्रमणले गाजाका पूर्वाधार नष्ट

तेलअवीव । मध्यगाजामा इजरायली सेनाले हवाइ आक्रमण गरेर हमासले बनाएका पूर्वाधारहरू नष्ट गरेको छ । यसै क्रममा हमासका केही अधिकारीहरूको ज्यान गएको इजरायली रक्षा बलले बुधबार जनाएको छ ।  

इजरायली सेनाको नजिकै सशस्त्र ड्रोन सञ्चालन गर्ने हमास टोलीमाथि एउटा आक्रमण भएको थियो । आक्रमणमा इजरायली विमानहरूले धेरै रकेट लन्चरहरू प्रहार गरे, जुन इजरायलमा रकेट फायर गर्न तयार थिए ।

भूमिगत प्रक्षेपण चौकीहरू, भवनहरूलगायत सशस्त्र आतंककारीले सञ्चालन गर्ने सैन्य संरचनाहरू र भूमिगत स्थानहरूसहित ४० भन्दा बढी पूर्वाधारहरूमा प्रहार गरियो ।

गत अक्टोबर सातमा गाजा सीमा नजिकै इजरायली समुदायहरूमा भएको हमासको आक्रमणमा कम्तीमा एक हजार दुई सय मानिस मारिएका थिए । यसै क्रममा दुई सय ४० इजरायली तथा विदेशीहरूलाई बन्धक बनाइएका छन् । एक सय ३४ जना बन्धकमध्ये इजरायलले हालै  ३१ जनालाई मृत घोषणा गरेको छ । (रासस/एएनआई/टीपीएस)

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  २१:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro