देश
पोखरा । अनुमति नलिइ रुख कटान गरेको आरोपमा पोखरा १६ स्थित गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापक वीरेन्द्र खड्कासहित आठजनालाई डिभिजन वन कार्यालय कास्कीले मुद्दा दर्ता गराएको छ । कार्यालयले शुक्रबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी हरिप्रसाद गौतमले जारी गरेको विज्ञप्तिमा सार्वजनिक गुठीअन्तर्गत संचालित गण्डकी बोडिङ स्कुलभित्र रहेका रूखहरू कटान गरेर फर्निचरमा बिक्री गरेको उल्लेख छ ।
विद्यालय परिसरको खेलकुद ग्राउन्ड, छात्राबास र कम्पाउन्ड बालसँग जोडिएका सिसौ, सल्लालगायत विभिन्न २५ वटा रूख विद्यालयबाट वन नियमावली, २०७९ को दफा ३७ बमोजिमको प्रकृया पूरा नगरी कटान गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१ १२:३३
प्रतिक्रिया दिनुहोस्