राजनीति
विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् ।
संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) मा व्यवस्था भएअनुसार कोसी प्रदेशको संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरेको दलका नेता उद्धव थापाले बताए ।
यस अघिका प्रमुख सचेतक भुपेन्द्र राईले राजीनामा दिएपछि पद रिक्त थियो ।
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० १०:३०
प्रतिक्रिया दिनुहोस्