site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बढ्दै किटजन्य रोगको जोखिम, विज्ञ भन्छन्– यो वर्ष डेंगी फैलिन असार कुर्नुपर्दैन

काठमाडौं । करिब १५ वर्षअघि फर्किएर हेर्दा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल हैजा र कुकुरको टोकाइको उपचार गर्ने अस्पतालको रूपमा चिनिन्थ्यो ।

अस्पतालमा आउने बिरामी र दिइने सेवा बढीजसो यिनै रोगमा केन्द्रित हुन्थे । अस्पतालाई सरकार र आमनागरिकले समेत मौसमी रोगको उपचार गर्ने अस्पतालको वर्गमा राखेर हेर्ने गर्थे । तर, पछिल्ला केही वर्षयता रोगको प्रकृतिसँगै अस्पतालको सेवा फेरिएको छ, उपचारको शैली पनि ।

यो झन्डै २२ वर्ष शुक्रराज अस्पतालमा बिताएका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनको अनुभव हो ।

Dabur Nepal
NIC Asia

बढ्दै किटजन्य रोग

किटजन्य जीवहरू बाहक बनेर एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग किटजन्य अर्थात् भेक्टर बर्न डिजिजमा पर्छन् । नेपालमा मलेरिया, कालाजार, डेंगी, जापनिज इन्सेप्लाइटिस, स्क्रब टाइफस, हात्तीपाइले, चिकनगुनियाँजस्ता किटजन्य रोगहरू देखिने गरेका छन् ।

नेपालमा सन् २००१ देखि २००५ सम्म भाइरल इन्सेप्लाइटिस, हात्तीपाइले र मलेरिया उल्लेख्य दरमा घटेको देखिन्छ भने डेंगीको दर उकालो नलागेको स्वास्थ्य सेवा विभागको तथ्यांक छ ।

तर, सन् २००५ यता भने किटजन्य रोगहरूको जोखिम र दर दुवै बढेको तथ्यांकले देखाउँछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले मलेरिया, हात्तीपाइले, कालाजारलाई निवारणको चरणमा रहेको दाबी गर्छ ।

महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल मलेरियाको वार्षिक केस ५०० भन्दा तल र कालाजार २०० भन्दा तल रेकर्ड भएको बताउँछन् । तर, नयाँ संक्रामक रोगहरूले समुदायमा संक्रमण र मृत्युको जोखिम बढाउँदै लगेको तथ्यांकले देखाउँछ ।

चुनौती बन्दै डेंगी र स्क्रब टाइफस

सन् २०१० यता नेपालमा 'अपडाउन' दरमा रहेको डेंगी सन् २०१९ मा उच्च बनेको थियो । सो वर्ष १७ हजार ९९२ जनामा संक्रमण देखिँदा दुईजनाको मृत्यु भएको थियो । सन् २०२० र २०२१ मा ५०० केसमा झरेको डेंगी पछिल्ला दुई वर्षयता भने उच्च संक्रामक र मृत्युको कारकसमेत बनेको छ । 

सन् २०२२ मा हालसम्मकै धेरै ५४ हजार ७८४ जनामा संक्रमण भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । सन् २०२३ मा संक्रमण घट्ने ईडीसीडीको आकलनविपरीत सो वर्ष ५१ हजार २४३ जनामा डेंगी पुष्टि भयो । सन् २०२३ मा डेंगी संक्रमणका कारण २० जनाको ज्यान गएको ईडीसीडीको तथ्यांक छ ।  योवर्ष सन् २०२४ को मार्च अन्तिमसम्म ५१९ जनामा डेंगी पुष्टि भएको छ । 

किटजन्य रोगको रूपमा पछिल्ला वर्षहरूमा स्क्रब टाइफस अर्को चुनौती बनेको ईडीसीडीको तथ्यांकले देखाउँछ । सन् २०१५ यता बढ्दै गएको यो रोगका कारण सन् २०१६ मा १४ जनाको मृत्युसमेत भएको थियो । सन् २०२२ मा तीन हजार ५०० जनामा देखिएको यो रोग सन् २०२३ मा चार हजार जनामा देखियो । सो वर्ष स्क्रब टाइफसको संक्रमणबाट चारजनाको  मृत्यु भएको थियो ।

यो वर्ष जनवरीयता मार्च अन्तिमसम्म ४७४ जनामा स्क्रब टाइफस पुष्टि भएको ईडीसीडीको तथ्यांक छ ।

'यो वर्ष डेंगी फैलिन असार कुर्नुपर्दैन'

सन् २०२२ मा महामारीको रूपमा फैलिएको डेगी संक्रमण सन् २०२३ मा मत्थर हुने ईडीसीडीको आकलन थियो । तर, त्यसविपरीत सन् २०२३ मा यो संख्या अघिल्लो वर्षको तुलनामा झन्डै दुई हजारमात्रै कम देखियो ।

अहिलेको अवस्थालाई हेर्दा डेंगी संक्रमण फैलिन असार साउन कुर्नुनपर्ने वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । यसको आधार अहिले देखिएको संक्रमितको संख्या र बढ्दो लामखुट्टेको चहलपहल रहेको उनी बताउँछन् । वर्षायाम सुरु नहुँदै देखिएको संक्रमितको संख्या डेंगी फैलिने 'चेतावनी'को रूपमा रहेको डा. पनुको दाबी छ ।

समुदायमा अझै पनि सतर्कता नहुनु, मानिसको आवजावतका कारण लामखुट्टेको मुभ्मेन्ट बढ्नु पनि डेंगी फैलाउने कारक बनेको उनी बताउँछन् । 

किटजन्य रोग महाशाखा प्रमुख डा. गोकर्ण दाहाल भने संक्रमण फैलिने अवस्थालाई अहिले नै यकिन गर्न नसकिने बताउँछन् । तर, बढ्दो सहरीकरण र बढ्दो तापक्रममा समेत लामखुट्टेले आफूलाई बाँच्न सक्ने गरी विकास गरेको हुँदा संक्रमणको जोखिम भने बढेको उनी बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro