site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ह्वाट्सएपले म्यासेज लक गर्न मिल्ने फिचर विस्तार गर्दै

काठमाडौं । मोबाइल एपमा म्यासेज लक गर्न मिल्ने फिचर ह्वाट्सएपले लिंक्ड डिभाइसमा पनि उपलब्ध गराउने भएको छ ।

ह्वाट्सएपले प्रयोगकर्ताको अकाउन्ट चलिरहेका सबै उपकरणमा सुरक्षा बढाउन यो फिचर थप्ने भएको हो । प्रयोगकर्ताले आफ्नो मुख्य उपकरण (खासगरी मोबाइल)मा च्याट लक गर्न प्रयोग गरेको गोप्य कोड नै लिंक गरिएका उपकरण ( विशेषतः कम्प्युटर)मा पनि प्रयोग गर्नसक्नेछन् ।

फिचर कहिले सार्वजनिक हुन्छ भन्ने मिति भने कम्पनीले तोकिसकेको छैन । हाल ह्वाट्सएपको मोबाइल एपमा कुनै पनि व्यक्तिसँगको च्याट बक्समा क्लिक गरेपछि सेभ गरिएको नाम वा नम्बरमा क्लिक गरेर स्क्रोल गरी च्याट लक फिचर अन वा अफ गर्न सकिन्छ । यो फिचर बायोमेट्रिक वा फिंगर लक उपलब्ध भएका फोनहरूमा मात्रै उपलब्ध छ ।

यस्तै, प्रयोगकर्ताले ह्वाट्सएप स्टाट्समा आफ्ना कन्टेक्टहरूलाई ट्याग गर्न सकिने फिचर पनि ल्याएको छ । मेटाको म्यासेजिङ एप ह्वाट्सएपले निरन्तर नयाँ नयाँ फिचरमा काम गर्दै आएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro