site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख, कांग्रेस भन्छ– आउँदो संसद् बैठक सरकारको परीक्षा 
फाइल तस्बिर ।

काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्न भन्दै सभामुख देवराज घिमिरे दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुट्ने भएका छन् । सभामुख घिमिरेले सोमबार (भोलि) बिहान १० बजे बैठक बस्ने गरी सचेतकहरूलाई सिंहदरबारमा बोलाएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक बोलाइएको जानकारी दिए ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछाने स्वार्थ बाझिने गरी गृहमन्त्री भएको कांग्रेसको ठहर छ ।

कांग्रेसले लामिछानेलाई पदबाट बाहिर बसेर छानबिन प्रक्रिया सहज रूपमा अघि बढाउन दिन आग्रह गरिरहेको छ । यसअघिका प्रत्येक दिनको संसद् बैठक सुरु भएलगत्तै विशेष समय लिएर कांग्रेस सांसदले सो प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका थिए ।

Dabur Nepal
NIC Asia

प्रतिनिधिसभाको अर्को बैठक यही चैत २७ गते बस्ने तय छ । कांग्रेस महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले छानबिन समिति गठन नगरिए सदन सञ्चालनमा अवरोध हुने यसअघिको बैठकमा आशय व्यक्त गरेका थिए । त्यसैले चैत २७ गतेको संसद् बैठक कसरी सञ्चालन हुन्छ भन्ने भोलि बस्ने सभामुखसहित शीर्ष नेताको छलफलबाट प्रस्ट हुने अनुमान गरिएको छ ।

प्रमुख सचेतक लेखक ‘सरकार हाउस चलाउन तयार छ कि छैन भन्ने जाँच २७ गतेको बैठक हुने’ चेतावनी दिन्छन् । संसदीय छानबिन समिति गठनको विषय कांग्रेसको ‘बटमलाइन’ भएको भन्दै उनी यसलाई कांग्रेसको कमजोरी नठान्न आग्रह गर्छन् ।

“अहिलेसम्म हामीले सदन अवरोध नहोस् भन्ने चाहना राख्यौँ । सरकारले यसलाई कांग्रेसको कमजोरी हो भनेर बुझेको अनुमान गरेको छु । सरकारले यसलाई कमजारीको रूपमा नबुझोस्,” उनले बाह्रखरीसँग भने ।

कांग्रेसले सदन अवरुद्ध गर्न नचाहेको, बैठक प्रभावकारी ढंगले अघि बढाउन चाहेको भन्दै उनी ‘सरकार सदन चलाउन तयार हो कि हैन ?’ भनी प्रश्न गर्छन् । “महामन्त्री शर्मा सांसद मात्र हैन, कांग्रेस महामन्त्री पनि हो । उहाँ बोलेपछि सरकार गम्भीर बन्नुपर्‍यो नि !,” उनले थपे ।

नेपाल वायुसेवा निगमको दुई वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग यति बेला विशेष अदालतमा पुगेको छ । मुद्दा लैजाँदा अख्तियार प्रमुख प्रेम राईलाई भने ‘क्लिन चिट’ दिइएको छ । यो विषयमा पनि कांग्रेस र अरू प्रतिपक्ष दल कसरी प्रस्तुत हुन्छन् भन्ने प्रश्न छ ।

कांग्रेस सचेतक सुशीला थिङ अहिले नै चैत २७ गतेको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयको टुंगोमा पार्टी पुगिनसकेको बताउँछिन् । सरकार जसरी प्रस्तुत हुन्छ, त्यसरी नै बैठकमा उपस्थित हुने नीतिमा कांग्रेस रहेको उनको भनाइ छ ।

“सरकारले वास्ता गरेको छैन । अब पनि सरकारले बेवास्ता गर्ने हो भने २७ गते सदन अवरोध गर्नुपरे पनि प्रतिपक्ष दल तयार हुनुपर्छ भन्ने पक्षमा म छु,” उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro