site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
Tiktok banner adTiktok banner ad

काठमाडौं । नयाँ वर्ष २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापाका महत्त्वपूर्ण केन्द्रहरूलाई जोड्ने उदीयमान सहरमा आगामी चैत ३० गते शुक्रबार बेलुकी ब्यान्डका लोकरक भाकाहरू गुञ्जनेछन् ।

बढ्दो ब्यस्तता र सहरीकरणसँगै यातायात आवागमनको पनि तीब्र वृद्धि भएको बिर्तामोडमा यसअघि नेपथ्यले ‘ट्राफिक व्यवस्थापन’मा योगदान दिन कन्सर्ट गरेको थियो । यस भेगमा सवारी दुर्घटनाको मात्रा अत्यधिक वृद्धि भएको बेला सुरक्षित आवागमनको नाराका साथ पाँच वर्षअघि नेपथ्य प्रस्तुत भएको थियो । 

त्यसभन्दा पहिले भने द्वन्द्वकालमा शान्तिको आव्हान गर्दै ‘सुन्दर शान्त नेपाल’ अभियानअन्तर्गत नेपथ्यले यसै भूमिमा गीत सुनाएको थियो । अहिलेको नवीन नगरपालिका त्यतिबेला भने ‘अनारमनी गाविस’ भनेर चिनिन्थ्यो । यसरी बिर्तामोडको विकासक्रमसँग जोडिँदै आएको नेपथ्यले अब भने यस सहरकै प्रमुख खेलकुद आयोजना ‘झापा गोल्डकप’लाई योगदान दिने उद्देश्यका साथ आफूलाई प्रस्तुत गर्न लागेको छ ।

"यो सिंगो भेगका दर्शक हाम्रा लागि बहुमूल्य निधिका रुपमा रहँदै आएका छन्," नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, "कोभिड महामारीको लामो अन्तराललाई नाघेर ब्यान्ड फेरि जुर्मुराएको विन्दु छेवैको दमक बन्न पुगेको थियो भने केही दिनअघि मात्र पनि हामी अर्को छेउमा रहेको इलाम करफोकमा प्रस्तुत भएका थियौँ ।"

नेपथ्य मनपराउने दर्शक घेरामा उभिनका लागि आफू सदैव उत्साहित रहने गरेकामा अबको केही दिनमै बिर्तामोडका संगीतप्रेमीहरू माझ पुग्न ब्यग्र भइरहेको पनि गुरुङले थपे ।

स्थानीय डोमालाल राजवंशी रंगशालामा आयोजना हुने कन्सर्टका लागि टिकटको मूल्य एक हजार रुपैयाँ राखिएको छ । नेपथ्य यसभन्दा अघिल्लो कन्सर्टका बेला पनि यसै मैदानमा उभिएको थियो । आयोजक सुमन धिमालका अनुसार सदाझैँ त्यहाँको कन्सर्ट पनि निर्धारित समय अर्थात् शुक्रबार बेलुकी ठीक साढे ६ बजे सुरु हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro