site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदका शब्द चयन र वाक्यप्रति सापकोटाको असन्तुष्टि

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अहिले सिंगो राज्य रूपान्तरणका निम्ति आन्दोलनको शुद्धीकरण जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

रूपान्तरणको प्रक्रियामा जाँदा विचारलाई अघि बढाउनुपर्ने भन्दै उनले अहिलेको मुख्य कार्यभार वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक पुनर्गठन रहेको उल्लेख गरे ।

विचारको शून्यताले देश पूरै अराजकतातिर गइरहेको भन्दै उनले सुशासन र लोकतन्त्रको शक्तिशाली सन्देश दिनुपर्ने संघीय सांसदका शब्द चयन र वाक्यप्रति असन्तुष्टि व्यक्त गरे ।

उपाध्यक्ष सापकोटाले हरेक देशका सांसदहरू नै लोकतन्त्रको आत्मा भएको टिप्पणी गरे । उनले विचारअनुसारकै राजनीतिक दिशा हुने भएकाले जनताको विश्वास जित्दै हिजो ‘असाधारण युद्ध’मा सामेल भएकाहरू एकजुट हुन सके कसैले रोक्न नसक्ने धारणा व्यक्त गरे । उनले एकताबद्ध भएर समाजवादको विचारधारा तयार पार्न आजैदेखि लागिपर्नुपर्नेमा जोड दिए ।

नेपालको कषि, जलविद्युत् र प्रविधिमा आधुनिकीकरण गरी उद्योगधन्दाको विकास गर्न सके मुलुकले फड्को मार्ने उनले उल्लेख गरे । उनले मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशील अवस्थामा रहेकाले त्यहीअनुसार तयारी गर्नुपर्ने बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro