site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुदूरपश्चिम प्रदेशसभा बैठकको समय परिवर्तन

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा बैठकको समय सारिएको छ । बैठक बिहीबार अपराह्न ५ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिव देवबहादुर वोगटीले जानकारी दिए । 

बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको थियो । तर, सूचना जारी गर्दै सारिएको हो । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिँदै छन् । 

प्रदेशसभामा रहेका नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका सात, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको समर्थन जुटाएर विश्वासको मत पुर्‍याउने रणनीतिमा मुख्यमन्त्री छन् । बहुमतका निम्ति २७ सदस्यको समर्थन आवश्यक हुन्छ । सुदूरपश्चिम प्रदेशसभा ५३ सदस्यीय छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्