site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनसेल र महिला उद्यमी महासंघ नेपालबीच क्षमता अभिवृद्धि गर्न सहकार्य


काठमाडौं । एनसेल र महिला उद्यमी महासंघ नेपालबीच देशभर महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सहकार्यले महिला सशक्तीकरण र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०८० को अवसरमा दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

एनसेल र महिला उद्यमी महासंघले महिला उद्यमीहरूको विकास, दिगो व्यापार वृद्धिका लागि सहजीकरण र जीविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ ।

चैत १६ गते ललितपुरको हेरिटेज गार्डेन, सानेपामा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवाली र एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सीएसआर हेड विशाखा लक्ष्मी खड्काले समझदारीपत्र आदानप्रदान गरेका थिए ।

Global Ime bank

एनसेल नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनीका रूपमा रहेको छ । महिला उद्यमी महासंघमा पाँच हजारभन्दा बढी महिला उद्यमी आबद्ध छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu