site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कारागारबाट सुध्रिएर नभई आपराधिक मानसिकता हाबी भएर निस्कने खतरा छ : सोविता गौतम

काठमाडौं । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको र उनीहरूको न्यूनतम मानवअधिकार पनि हनन् भएको भन्दै संसद्‌मा प्रश्न उठेको छ । 

मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले यहीँ अवस्थाको कारागार सुधार गृहमा परिणत नहुने धारणा राखिन् । “कारागार अनुगमनमा जाँदा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखेको भेटियो । कैदीबन्दीमा पनि उत्पादनशिल हुन पाएनौँ भन्ने गुनासो थियो,” उनले भनिन् । 

सांसद गौतमले कारागारबाट सुध्रिएर नभई आपराधिक मानसिकता हाबी भएर निस्कने खतरा बढेको जानकारी गराइन् । “सुधार गर्न भनेर लगिएकाहरू सुधार भएर आउने अवस्था छैन । राज्यको उद्देश्य पूर्ति होला जस्तो छैन । उनीहरू डिप्रेसन भएर आउने देखिन्छ बाहिर निस्किएपछि आपराधिक घटना घटाउँछन् भन्ने देखिन्छ,” उनले भनिन् । 

बैठकमा बोल्दै उनले सुधार गृह प्रभावकारी नभएको भन्दै थपिन्, “७०० ग्राम चामल र ८० रुपैयाँ हरेक दिन दिने गरेको छ । कैदीहरू पनि उत्पादनशिल भएनन् । उहाँहरूले पोषणयुक्त खान पाउनुभएको छैन । यहाँ कुरा मिलेन ।” 

सांसद गौतमले कारागारमा पिउने पानीको समस्या, छालाको रोग छ, शौचालय र सुत्ने कोठाको अभाव भएको र न्यूनतम मानव अधिकार समेत नरहेको जिकिर गरिन् । “न्यूनतम आधारभूत आवश्यकता पनि पूर्ति नगर्ने भए कस्तो नीति लिएको हो,” उनले प्रश्न गरिन् ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro