site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनको सबैभन्दा ठूलो थर्मल पावर प्लान्ट मिसाइल आक्रमणमा ध्वस्त

किएभ । युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टीपीपी) एक रुसी मिसाइल हमलामा ध्वस्त भएको युक्रेनी ऊर्जा उत्पादन कम्पनी सेन्ट्रेनेर्गोलाई उद्धृत गर्दै युनियन समाचार एजेन्सीले शनिबार जनाएको छ ।

मार्च २२ मा मिसाइल हमलाले प्लान्टको सबै एकाइलाई नष्ट बनाएको र सहायक उपकरण क्षतिग्रस्त भएको कम्पनीले बताएको छ । हाल कामदारहरूले अहिले पनि साइटमा भग्नावशेष सफा गरिरहेका छन् ।

मार्च २२ मा रुसले युक्रेनमाथि ८८ वटा मिसाइल र ६३ वटा शाहिद लडाकु ड्रोन प्रहार गरेको बताइएको छ । यसलाई युक्रेनी अधिकारीहरूले मुलुकको ऊर्जा पूर्वाधारमा अहिलेसम्मको सबैभन्दा ठूलो हमला भनेका छन् ।

स्थानीय मिडिया रिपोर्टका अनुसार दुई हजार दुई सय मेगावाट क्षमताको जमिभ्स्का टिपिपी पूर्वी युक्रेनमा सबैभन्दा ठूलो विद्युत् उत्पादन प्लान्ट हो ।

रुसी रक्षा मन्त्रालयले मार्च २२ मा एक विज्ञप्तिमा आफ्नो सेनाले सो दिन युक्रेनमा ऊर्जा र सैन्य सुविधाहरूमा ठूलो मात्रामा मिसाइल र ड्रोन हमला गरेको तथा ठूलो मात्रामा हमलाका सबै लक्ष्य हासिल गरेको बताएको छ । सिन्ह्वा

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro