site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयरल्यान्ड उल्भ्स जित्यो ट्वान्टी–२० शृंखला

काठमाडौं । घरेलु टोली नेपाल ‘ए’लाई पराजित गर्दै आयरल्यान्ड उल्भ्सले एक खेलअगावै ट्वान्टी–२० क्रिकेट शृंखला जितेको छ ।

शृंखलाअन्तर्गत शनिबार भएको दोस्रो खेलमा आयरल्यान्डले नेपाललाई ४० रनले पराजित गर्‍यो । शुक्रबार पहिलो खेलमा आयरल्यान्डले नेपालाई २१ रनले हराएको थियो । योसँगै आयरल्यान्डले तीन ट्वान्टी–२० शृंखला २–० ले आफ्नो पक्षमा बनाएको हो ।

शनिबार आयरल्यान्डले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा सबै विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो ।

नेपालका निम्ति देव खनालले सर्वाधिक ४७ रनको योगदान गरे । बसिर अहमद २७, कप्तान विनोद भण्डारी २६, लोकेश बम २५, आरिफ शेख १४ र कमलसिंह ऐरी ११ रनमा आउट भए ।

आयरल्यान्ड उल्भ्सका बेन ह्वाइटले सर्वाधिक तीन विकेट लिए । फिओन ह्यान्ड र थोमस मेयरले दुई/दुई विकेट लिए । म्याथ्यु फोस्टर र  ग्यारेथ डेनालीका नाममा एक/एक विकेट रह्यो ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको आयरल्यान्ड उल्भ्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको थियो ।

आयरल्यान्डका कप्तान निल रकले अविजित रहँदै सर्वाधिक ७१ रन जोडे । पिटर मुरले ६५ रन बनाए । जेम्स जेम्स म्याकोलम २६, रोस अडायर १७ र ग्यारेथ डेनाली १० रनमा आउट हुँदा फिओन ह्यान्ड १९ रनमा अविजित रहे ।

नेपालका सागर ढकालले सर्वाधिक तीन विकेट लिए । कमलसिंह ऐरी र पवन सर्राफले एक/एक विकेट लिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro