site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ । शनिबार सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकमा कांग्रेसका सचेतक सुशीला थिङले सो अडानमा आफूहरू कायमै रहेको बताएकी हुन् ।

कांग्रेसले उपप्रधानमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समितिको मागसहित संसद् बैठक अवरुद्ध गर्दै आएको छ । बैठकमा सभामुख घिमिरेले सदनको अवरोध हटाउन आग्रह गरेका थिए ।

त्यस विषयमा आइतबार (भोलि) बस्ने पार्टी पदाधिकारी बैठकबाट आवश्यक निर्णय लिइने सचेतक थिङले बताइन् । उनका अनुसार, दलहरूबीच राजनीतिक दलसम्बन्धी विधेयक यही चैत २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने सहमति भएको छ ।

“१८, १९, २०, २१ सम्मको सदन कसरी चलाउने भन्ने विषयमा छलफल भएको थियो,” उनले भनिन्, “त्यसमा प्रतिपक्षको तर्फबाट मैले राजनीतिक दलसम्बन्धी विधेयकचाहिँ विवादमा जोडिएको हुनाले त्यो विधेयक अहिले नल्याऊँ भन्ने सन्दर्भमा २७ गते सार्ने भन्ने हाम्रो सहमति भएको छ ।”

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेले सदनमा कुनै विधेयक प्रस्तुत गर्न नपाउने जिकिर गर्दै कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro