site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मृत्यु कामना
Sarbottam CementSarbottam Cement

दीपकराज सापकोटा


नभै थाकेर क्लान्त जीवनबाट
उत्साह र उल्लास भरिभरि रहँदै
प्राप्ति र चाहबाट उन्मुक्त
माथि सबै स्वार्थ र आशक्तिक्तको ।

Prabhu Bank
Agni Group
NIC Asia

जीवन रस पुरापुरा नसानसामा बहँदै
रचनामा एकाध तह थपेर
पूर्णता उन्मुख रहुन् कदमहरू
र, पल्लवित होस् मुक्तिको चाह स्वतस्फुर्त ।

खुलुन् सबै मार्गहरू अमरत्वका
नहोस् कुनै बन्धन बिघ्न
दिउन बिदा सकल जनले, 
हावा, पानी र माटोले
उदगम नै गमन होस् उप्रान्त ।

Global Ime bank

नहोस् पीडा ईष्र्या, न त होस् कुनै बन्धन
सत् मै होस् मिलन मेरो शिव ललाटको चन्दन
कदम बढुन निरन्तर चरैवेति चरैवेति
निर्भय, सुस्पष्ट रहोस् जीवन मिथ्या भ्रान्तिबाट उठि ।

(राष्ट्रकवि माधव घिमिरेको ‘यसरी होस् मरण’ गीतबाट प्रभावित)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement