site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
किन उपनेता बनाउँदैनन् प्रमुख दल, ठूला पार्टीमै रिक्त 

काठमाडौं । संसद्ले १४ महिनाको कार्यकाल व्यतित गरिसक्दा पनि मुख्य दलका नेताहरूले अझै संसदीय दलका उपनेता छानेका छैनन् ।

संसदीय दलका नेताले उपनेता मनोनयन गर्ने प्रावधान छ । तर, संसद्का प्रमुख दल उपनेताविहीन छन् । संसदीय दलका उपनेताले संघीय संसद्को पदाधिकारीका रुपमा कुनै सुविधा भने पाउँदैनन् । तथापि, नेताको अनुपस्थितिमा काम गर्ने पद भएकाले उपनेता आवश्यक भएको भनाइ सांसदहरूको छ ।

भएन विधानको पालना 

Dabur Nepal
NIC Asia

संसद्को प्रमुख दल नेपाली कांग्रेसको विधानमा उपनेताको व्यवस्था छ । तर, उसले उपनेता चयन गरेको छैन ।  संसदीय दलको विधानमा दलको नेताले उपनेता मनोनीत गर्ने व्यवस्था छ । देउवा ०७९ पुस ६ मा संसदीय दलको नेता चयन भएका थिए । उनले आफू दलको नेता चुनिएको १३ महिना बित्दासमेत दलको उपनेता तोकेका छैनन् । 

०७४ को कार्यकालमा कांग्रेसमा उपनेता थिए । ०७४ फागुन २९ मा उपसभापति विजयकुमार गच्छदार उपनेता तोकिएका थिए ।

संसदीय दल विधानमा दलको नेताले आफ्नो कार्यमा सहयोग गर्न तथा तोकेको काम गर्न सदस्यमध्येबाट एक उपनेता मनोनयन गर्न व्यवस्था छ । दलका नेताको अनुपस्थितिमा उपनेताले संसदीय दल र कार्यसमिति बैठकको अध्यक्षता गर्ने अधिकार छ ।

कांग्रेस सचेतक सुशीला थिङ उपनेताबारे कुनै तयारी नभएको बताउँछिन् । “संसदीय दलमा कुनै कुरा भएको छैन,” उनले भनिन्, “केही समयपछि होला ।”

नेम्वाङको सद्भावमा उपनेता रिक्त 

संसद्को दोस्रो ठूलो दल एमालेको उपनेता पद ७ महिनायता रिक्त छ । दलका उपनेता सुवास नेम्वाङको गएको भदौ २६ गते नेम्वाङको निधनपछि पद रिक्त भएको हो । 

२०७९ फागुन २९ गते नेम्वाङ दलको उपनेतामा मनोनीत भएका थिए । संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई दलको उपनेतामा मनोनीत गरेका थिए । ०७४ को प्रतिनिधिसभामा पनि नेम्वाङ दलको उपनेता थिए ।

एमालेमा संसदीय दलका उपनेता सुवास नेम्वाङले राम्रै छवि बनाएका थिए । उपनेताको रुपमा नेम्वाङ कार्यालयमा उपस्थित हुँदै सांसदका गुनासा सुन्थे । यतिखेर उनको अभाव खट्किएको नेताहरू बताउँछन् । 

संसदीय दलको सचेतक सुनिता बरालले नेम्वाङप्रतिको श्रद्धाका कारण उपनेता बनाउन ढिलाइ गरिएको बताउँछिन् । “जुन कारणबाट खाली भयो । पीडा रिकभर गर्न समय लागेको हो,” उनी भन्छिन्, “उहाँसँग पार्टीको भावना, श्रद्धासँग जोडिएको विषय भएकाले पनि तुरुन्तै पदपूर्ति नगरिएको हो ।”

भूमिकाका हिसाबले उपनेताको आवश्यकता महसुस भएको उनले बताइन । 

माओवादीमा समस्या कसलाई बनाउने ? 

माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पनि उपनेता मनोनीत गरेका छैनन् । सत्ताको नेतृत्व गरिरहेको संसद्को तेस्रो ठूलो दलले दलको उपनेता छानेको छैन । पार्टीका उपमहासचिवद्धय जनार्दन शर्मा र वर्षमान पुनले उपनेता बन्ने आकांक्षा राखेका छन् । उनीहरूमध्ये कसलाई उपनेता बनाउने भन्ने विषय पेचिलो भएकाले उपनेता चयन नगरिएको एक नेताले बताए । 

“दुई नेतामध्ये कसलाई उपनेता बनाउने भन्ने विषय पेचिलो छ,” ती पदाधिकारी भन्छन्,“ दुवै आकांक्षी रहेकाले उपनेता चयनको विषय प्रवेश भएको छैन ।”

प्रचण्ड यी दुईलाई छुटाउन वा जुधाउन चाहँदैनन । दुई नेताले दाबी गर्दा प्रचण्डले देव गुरुङलाई पार्टीको महासचिव बनाएका थिए । 

त्यस्तै, संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने संसदीय दलको उपनेता छानिसकेको छ । उपनेताको जिम्मेवारीमा विराजभक्त श्रेष्ठ छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दलको उपनेतामा बुद्धिमान तामाङ छन् । त्यस्तै जनमत पार्टीको उपेनतामा अब्दुल खान छन् । जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका अन्य दलहरूले पनि उपनेता चयन गरेका छैनन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro