site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा सुरु भयो चुनावी माहोल, कंगनासहित यी कलाकार उमेदवार

काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा-बीजेपी)ले लोकसभा चुनावका उमेदवारको पाँचौँ सूची सार्वजनिक गरेको छ । १११ सिटका लागि अभिनेता अरुण गोविल एवं अभिनेत्री कंगना रनौतलगायत उमेदवार छन् । कंगनाले हिमाचल प्रदेशको मन्डीबाट लोकसभा चुनावमा उठ्ने भएकी छन् । 

रामायण सिरिजमा रामको भूमिका निभाएका अभिनेता अरुण गोविललाई बीजेपीले उत्तर प्रदेशको मेरठबाट उमेदवार बनाएको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, मेनका गान्धीलाई पनि उत्तर प्रदेशकै सुल्तानपुरबाट टिकट दिइएको छ । अभिनेता रवि किशन गोरखपुर लोकसभा निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भएका छन् । उनी गोरखपुरबाटै बीजेपी सांसद हुन् । भाजपा सांसद एवं बलिउडकी ड्रीम गर्ल भनिने हेमा मालिनी पनि उत्तर प्रदेशको मथुराबाट चुनाव लड्ने भएकी छन् ।

भारतमा आउँदो अप्रिल १९ देखि जुन १ सम्म आम चुनाव हुँदैछ । चुनावबाट लोकसभाका ५४३ सदस्य छानिनेछन् । सात चरणमा चुनाव भएर जुन ४ मा नतिजा सार्वजनिक हुने यो विश्वकै सबैभन्दा ठूलो निर्वाचन हो ।

भारतको एक अर्ब ४० करोड जनसंख्यामध्ये ४४ दिन चल्ने चुनावमा ९६ करोड नागरिक मतदान गर्न योग्य छन् । भारतको संसद् (लोकसभा)को चुनावले नै नयाँ सरकार नेतृत्वमा ल्याउनेछ । चुनावमा भारतीय जनता पार्टी र कांग्रेस नेतृत्वको ४० पार्टी मिलेर बनेको गठबन्धन ‘आईएनडीआईए अर्थात् इन्डिया’ प्रमुख प्रतिस्पर्धी छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro